नगरकोटमा लक्जरी ‘तायो इको रिसोर्ट’

काठमाडौं । काठमाडौं उपत्यका नजिकैको आकर्षक पर्यटकीय स्थल नगरकोटमा ठेट नेपाली स्वाद र संस्कृति झल्काउने ‘लक्जरी’ रिसोर्ट ‘तायो इको रिसोर्ट’ (tayoecoresort.com) सञ्चालनमा आएको छ । रिसोर्टका प्रमुख कार्यकारी अधिकृत सचिन प्रधान र महाप्रबन्धक रमेश पन्तले स्वदेशी पर्यटकले गर्वपूर्ण अनुभव र विदेशी पर्यटकलाई नेपालीत्व अनुभव गराउने बताएका छन् ।
करिब ३० रोपनी जग्गामा फैलिएको सम्पूर्ण सुविधा सम्पन्न तायो इको रिसोर्टको भित्रि र बाहिरी डिजाइन नै नेपालीपन झल्काउने किसिमले डिजाइन गरिएको छ ।
खासगरी नेपाली र नेवारी परम्परागत स्वाद र संस्कारलाई जिवन्त राख्ने उद्देश्यसहित सञ्चालनमा रहेको रिसोर्टलाई इको अथवा वातावरण एवं प्रकृतिमैत्री बनाउन पनि उत्तिकै काम गरिएको छ ।
रिसोर्टका महाप्रबन्धक पन्तले रिसोर्टको नाम ‘तायो’को अर्थ जीवत देवी मानिने ‘कुमारी’ को सबैभन्दा महत्वपूर्ण गहना अथवा ‘लकेट’ रहेको बताए।
तायो रिसोर्टले बट्टई, कालीज, सिस्नु, कडकनाथ, लोकल कुखुरा, गुन्द्रुक जस्ता स्थानीय उत्पादनहरूको प्रवद्र्धन गरिरहेको महाप्रबन्धक पन्तले बताएका छन् । रिसोर्टका सबै कोठाहरुमा मुहानकै पानी पुर्याइएको छ।
यस्तै रिसोर्टले कुनै पनि खाना अर्डर आएपछि मात्रै तयार गर्छ । यसरी केही थप समय लाग्ने भए पनि सय प्रतिशत शुद्ध र ताजा खाना उपलब्ध गराउने उद्देश्य रिसोर्टले जनाएको छ ।
तायो इको रिसोर्टले भेगन आगन्तुकहरुका लागि पनि बिशेष रुपमा भेज खाना उपलब्ध गराइ रहेको छ । रिसोर्टले खानामा कुनै पनि किसिमको रङ प्रयोग नगरी प्राकृतिक रङकै खाना प्रस्तुत गर्छ ।
रिसोर्टलाई वातावरणमैत्री बनाउन रिसोर्ट भवनका भित्ताहरु क्याभिटी भित्ता बनाइएको महाप्रबन्धक पन्तले बताए । क्याभिटी भित्ताहरु भनेको दुई लेयरले बनेको हुन्छ र यी दुवै भित्ताको लेयरबीचमा ग्याप हुन्छ । यसो हुँदा बाहिर चिसो, गर्मी भए पनि भित्रको तापक्रम सन्तुलित राख्न मद्दत हुन्छ।
रिसोर्टको बगैँचामा पनि आकाशको पानीलाई संकलन गरेर प्रयोग गर्ने गरिएको र पानी तताउन र अन्य कुराहरुका लागि सौर्य उर्जा प्रयोग गरिएको उनले बताएका छन् । रिसोर्टमा कर्पोरेट पिकनिकका लागि समेत सुविधा रहेको छ ।
रिसोर्टमा फलाम, स्टिलको विकल्पमा पूरै काठ मात्रै बढी प्रयोग गरिएको छ । रिसोर्टमा आउटडोर जाकुजी, स्वीमिंग पुल, स्पालगायतको सुविधासमेत रहेको छ। यस्तै रिसोर्टमा बालबालिका र वयष्क दुवैका लागि प्लेग्राउण्ड र विभिन्न खेल मैदानसमेत रहेको छ । यस्तै रिसोर्टमा विश्व स्तरीय स्पा सुविधाका लागि ट्राक्विलीटी स्पा पनि उपलब्ध रहेको छ ।
कन्फरेन्स हल, आउटडोर एक्टभिटिज योगा एवं आध्यात्मिक क्रियाकलापका लागि छुट्टै बगैँचा सहितका सुविधा रहेको तायो इको रिसोर्ट नगरकोटको शान्ति डाँडामा अवस्थित छ। यहाँबाट काठमाडौं उपत्यका र हिमाल दुवैतर्फको मनोरम दृष्यावलोकनसमेत गर्न सकिन्छ ।