Logo २०८० असोज १४ आइतबार
खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता

खोटाङमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता


infotainment प्रकाशित मिति : बुधबार, चैत्र २९ २०७९

खोटाङमा १३औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । यस प्रतियोगिताबाट आगामी वैशाख ११ गतेदेखि सुनसरीको इटहरीमा हुने प्रदेशस्तरीय प्रतियोगिताका लागि खेलाडी छनोट गरिने छन् ।

जिल्ला खेलकुद विकासका प्रमुख लीलाभक्त केसीका अनुसार १० स्थानीय तह रहेको जिल्लामा दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी, ऐसेलुखर्क, दिप्रुङ चुइचुम्मा, रावाबेँसी र साकेला गाउँपालिकका विद्यार्थी सहभागी छन् । तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताको मङ्गलबार नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सरस्वती बजिमयले उद्घाटन गर्नुभयो, प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, सितोरियो कराते र तेक्वान्दोतर्फ गरी एक सय ३८ पदकका लागि प्रतिस्पर्धा हुने छ ।

दिक्तेलस्थित माटीकोरे खेलमैदानमा मङ्गलबार भएका खेलमा सटफुट थ्रोमा छात्रतर्फ हलेसी तुवाचुङका केलेमेण्ड श्रेष्ठ पहिलो, दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ दोस्रो र केपिलासगढीका इरन राई तेस्रो भएका छन् भने छात्रातर्फ हलेसी तुवाचुङकी अनिशा भुजेल पहिलो, केपिलासगढीकी जेनिशा राई दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका कछन् । ज्याभलिन थ्रोमा छात्रतर्फ दिप्रुङ चुइचुम्माका अस्मिन तामाङ पहिलो, हलेसी तुवाचुङका मीनकुमार रानामगर दोस्रो र केपिलासगढीका रोचक राई तेस्रो तथा छात्रातर्फ हलेसी तुवाचुङकी मनिषा राउत पहिलो, ऐसेलुखर्ककी प्रमिला तामाङ दोस्रो र हलेसी तुवाचुङकै अस्मिता राई तेस्रो भएका छन् ।

यस्तै एक हजार पाँच सय मिटर दौडमा छात्रतर्फ साकेलाका तयाहाङ राई पहिलो, हलेसीका गणेश बस्नेत दोस्रो र हलेसीकै अजय राई तेस्रो भएका छन् भने छात्रातर्फ केपिलासगढीकी रोजिना बस्नेत पहिलो, सोही ठाउँकी रेवती राई दोस्रो र हलेसीकी अनिशा कार्की तेस्रो भएका छन् । गत वर्ष सम्पन्न १२औँ राष्ट्रपति रनिङ शिल्डमा दिक्तेल रुपाकोट मझुवागढी पहिलो, हलेसी तुवाचुङ नगरपालिका दोस्रो र ऐसेलुखर्क गाउँपालिका तेस्रो भएको थियो । जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष रेनुका राईका अनुसार प्रतियोगितामा स्वर्ण, रजत र कास्य पदक प्राप्त गर्ने स्थानीय तहले क्रमशः रु १५ हजार, रु १२ हजार र रु नौ हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend