Logo २०८० जेष्ठ १७ बुधबार
साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला

साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला


infotainment प्रकाशित मिति : बुधबार, बैशाख १३ २०८०

खोटाङ । हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीस्थित साप्सुखोला जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुलाइएको छ । आयोजनाको प्रवद्र्धक कम्पनी थ्रीस्टार हाइड्रो पावर कम्पनीले उत्पादन गरेको ६ दशमलव ६ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको साधारण शेयर बिक्री खुला गरिएको हो ।

आयोजनाबाट प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि शेयर बिक्री खुला गरिएको थ्रीस्टार हाइड्रो पावर कम्पनीले जनाएको छ । आयोजनाको प्रभावित क्षेत्र हलेसी तुवाचुङ नगरपालिकाका सबै ११ वडा र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका सबै सातवटै वडाका स्थानीय बासिन्दाले शेयरका लागि आवेदन दिनसक्ने व्यवस्था मिलाइएको थ्रीस्टार हाइड्रो पावर कम्पनीका आयोजना प्रमुख प्रदीप दाहालले जानकारी दिनुभयो ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले शेयर सदस्यका लागि अनलाइनमाध्यममार्फत आवेदन दिनसक्ने जनाइएको छ । प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

स्थानीय बासिन्दाले अधिकतम चार लाख ९२ हजार पाँच सय र वैदेशिक रोजगारीमा रहेका नेपालीले अधिकतम ७३ हजार आठ सय ७५ कित्ताका लागि आवेदन दिन सक्नेछन् । शेयरका लागि वैशाख २५ गतेसम्म र ढिलोमा जेठ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था मिलाइएको कम्पनीले जनाएको छ ।

स्थानीय बासिन्दाले सानिमा, राष्ट्रिय वाणिज्य, ग्लोबल आइएमई, ज्योति विकास, प्रभु र थ्रीस्टार हाइड्रो पावरको कार्यालयबाट शेयरका लागि आवेदन दिन सक्नेछन् । उत्पादन सुरु भएको दुई वर्षपछि साप्सुखोला जलविद्युत् आयोजनाले शेयर बिक्री खुलाएपछि स्थानीय बासिन्दासमेत हर्षित भएका छन् ।

नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिने व्यवस्था मिलाइएको जनाइएको छ । कम्पनीले प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि जारी पुँजी रु ४९ करोड २५ लाखको १० प्रतिशत अर्थात् रु चार करोड ९२ लाख ५० हजार बराबरको चार लाख ९२ हजार पाँच सय कित्ता सेयर खुला गरेको छ ।

सर्वसाधारणलाई छुट्याएको १५ प्रतिशत अर्थात् रु सात करोड ३८ लाख ७५ हजारको १० प्रतिशतले हुन आउने रु ७३ लाख ८७ हजार पाँच सय बराबरको ७३ हजार आठ सय ७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बिक्री खुला गरिएको कम्पनीले जनाएको छ । कम्पनीको सेयर निष्काशन बाँडफाँट गर्न बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ ।

करिब रु एक अर्ब ५० करोडमा साप्सुखोला जलविद्युत् आयोजनाको काम सम्पन्न भएको जनाइएको थियो । खोलाबाट करिब चार किलोमिटर हेडड्रेसमार्फत ल्याइएको पानीलाई बेलडाँडाबाट एक सय १० मिटर पेनस्टकमार्फत प्रतिसेकेण्ड सात हजार लिटर पानी खसाएर विद्युत् उत्पादन गरिएको कम्पनीले जनाएको छ ।

राजापानीको बेलडाँडास्थित पावरहाउसबाट उत्पादित विद्युत् २ दशमलव ५ किलोमिटरमाथि पुरानो गाउँमा निर्माण गरिएको सवस्टेशनमार्फत राष्ट्रिय प्रशारणलाइनमा जोडिएको छ । विसं २०७८ मङ्सिर १४ गतेदेखि परीक्षण उत्पादन सुरु गरिएको जलविद्युत् विसं २०७८ पुसमा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारणलाइनमा जोडिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend