Logo २०८१ जेष्ठ ६ आइतबार
गायक संगम शेर्मा लिम्बु र निर्मात्री नितुको सहकार्यमा तयार ‘लभ पर्ला जस्तो छ’ बोलको भिडियोको चर्चा

गायक संगम शेर्मा लिम्बु र निर्मात्री नितुको सहकार्यमा तयार ‘लभ पर्ला जस्तो छ’ बोलको भिडियोको चर्चा


infotainment प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

काठमाडौँ । लभ पर्ला जस्तो छ बोलको रोमान्टिक प्रेम गीतको भिडियो सार्वजनिक गरिएको छ । गायक संगम शेर्मा लिम्बु र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको गीतको भिडियो नेपाल मिडिया ग्रुपको लाइन एप्सका माध्यमबाट सार्वजनिक गरिएको हो । सार्वजनिक कार्यक्रममा गीतसँग सम्बन्धित स्रष्ट्राहरुको सहभागीता रहेको थियो । सार्वजनिक गीतमा शब्द तथा संगीत बहुचर्चित संगीतकार राजनराज शिवाकोटीको रहेको छ ।

दिवेश राईको एरेन्ज, किशोर थापाको मिक्स तथा मास्टरिगं रहेको छमछम नचाउने शैलीको लोकपप गीतमा चर्चित नायिका प्रियंका कार्की र नायक नाजिर हुसेनको अभिनय रहेको छ । रोमान्टिक शैलीमा निर्माण गरिएको गीतले वैँशालु उमेरमा प्रेममा पर्नु अघि एक जोडीले देखाउने रमाइला दृश्यहरुलाई कलात्मक शैलीमा चित्रण गरिएको छ ।

इजरायलमा कार्यरत नितु लावती मैनाको निर्माणमा तयार भएको सार्वजनिक गीतको भिडियोको निर्देशन दिनेश माङ्मु लिम्बुको रहेको छ । राजीव समरको कोरियोग्राफी रहेको लभ पर्ला जस्तो छको सम्पादन र कलर अनिल राना, छायांकन अर्जुन तिवारीले गरेका हुन् ।

भिडियो नेपाल मिडिया युट्युब च्यानलबाट बजारमा आएको हो । जुन रिलिज भएसँगै राम्रो प्रतिक्रिया आइरहेको नेपाल मिडिया यूनिटले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend