Logo २०८० जेष्ठ १७ बुधबार
संगीतकार बासकोटाको संगीत र रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ बजारमा

संगीतकार बासकोटाको संगीत र रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ बजारमा


infotainment प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०

काठमाडौं : प्रख्यात संगीतकार शम्भूजीत बासकोटाको संगीत र लोकप्रिय गायक रामकृष्ण ढकालको स्वर रहेको गीत ‘माया हुन्छ भनन’ लाई सार्वजनिक गरिएको छ ।

गीतकार ज्ञानेन्द्र गदालको शब्दरचना र दीक्षित पौडेलको एरेन्ज रहेको गीतको भिडियोलाई बिहिबार काठमाडौंमा म्युजिक नेपालद्वारा एक समारोहबीच सार्वजनिक गरिएको हो ।

कार्यक्रममा बरिस्ठ संगीतकार शम्भूजीत बासकोटा, गायक राम कृष्ण ढकाल , म्युजिक नेपालका अध्यक्ष सन्तोष शर्मा , निर्देशक निकेश खड्का लगायतको उपस्थिति रहेको थियो । गीतको म्युजिक भिडियोमा स्वयम् गायक रामकृष्ण ढकाल र नायिका केकी अधिकारी अभिनय रहेको छ ।

निकेश खड्काको निर्देशन रहेको भिडियोमा बुद्ध थापाको क्यामेरा र विकास धमलाको सम्पादन रहेको छ । ‘माया हुन्छ भनन’ लाइ म्युजिक नेपालको युट्युब च्यानल,म्युजिक नेपालद्वारा उत्पादित मोमो एप्स र ६० भन्द बढी डिजिटल प्लेटफर्ममा एकसाथ सार्वजनिक गरिएको छ । कार्यक्रममा गायक रामकृष्ण ढकालले केहि लाइभ गीतहरु गाउदा उपस्थित व्यक्तिहरुबाट वान्स अगेन र हुटिंङ गर्दै रमाइलो गरेका थिए

लामो समयदेखि अमेरिकाको कोलोराडोमा बस्दै आएका गीतकार ज्ञानेन्द्र गदाल नेपाली गीत, कथा, कविता ,गजल लगायतको बिभिन्न साहित्यीक लेखनमा निरन्तर लागिरहेका छन् । गदालले नेपालको साहित्य क्षेत्रमा योगदान गरेवापत नेपाल सरकारले प्रदान गर्ने छिन्नलता गीत पुरस्कारबाट समेत पुरस्कृत भएका छन् । उनका धेरै एकल गीतका एल्बम र गीतसंग्रहहरु पनि प्रकाशित भैसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend