Logo २०८० जेष्ठ १७ बुधबार
बेलायतको आइम्याक्स सिनेवल्र्डमा ‘गोर्खा वारियर्स’को प्रिमियर हुने

बेलायतको आइम्याक्स सिनेवल्र्डमा ‘गोर्खा वारियर्स’को प्रिमियर हुने


infotainment प्रकाशित मिति : बुधबार, जेष्ठ १० २०८०

काठमाडौं । नेपाली चलचित्रको बजार पछिल्लो समय विदेशमा विस्तार हुने क्रम बढिरहेको छ । विदेशीझैँ चलचित्र भवनमा हुने प्रदर्शनले नेपाली चलचित्रमा दर्शक बढाइरहेको छ । यही क्रममा बेलायतको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा चलचित्र ‘गोर्खा वारियर्स’को प्रिमियर हुने भएको छ ।

काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै निर्माता तथा निर्देशक मिलन चाम्सले आउँदो भदौ २४ अर्थात् १० सेप्टेम्बरमा प्रिमियर तय गरिएको जानकारी दिनुभयो ।

“हलिउडका ठूला कलाकारझैँ नेपाली कलाकारलाई प्रिमियरमा हिँडाउने तयारीमा छौँ । यो नेपाली चलचित्रकै लागि गौरवको विषय हो किनकि त्यो चलचित्र भवनमा हलिउडका ठूला कम्पनी मार्भल, डिसी, युनिभर्सल, डिज्नीको चलचित्र प्रिमियर हुन्छन्”, निर्देशक चाम्सले भन्नुभयो, “गोर्खालीको गौरव गाथालाई त्यहाँ देखाउन पाउँदा निकै उत्साहित छु किनकि हाम्रो वीरताको कथा विश्वले देख्ने छ ।”

उहाँले नेपाली चलचित्रको भइरहेको बजार विस्तारमा अब सबैले सामूहिक सहकार्यमार्फत अगाडि बढेर टेवा पु¥याउनुपर्नेमा जोड दिनुभयो । “अब हामीले मेरो वा तेरोभन्दा पनि हाम्रो भनेर अगाडि बढ्न सक्नुपर्छ । अनि मात्र अन्तर्राष्ट्रिय बजारमा हामीले सफलता पाउनेछौँ”, उहाँले भन्नुभयो ।

लगत्तै हङकङ र सिङ्गापुरमा समेत प्रिमियर गर्न लागिएको आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो । निर्देशक चाम्सले लण्डनको लिसेस्ट स्क्वायरस्थित आइम्याक्स हलमा हुने प्रिमियरमा बेलायती राजपरिवारका सदस्य, सांसद, स्थानीय निकायका प्रमुख, बेलायती सेनाका जनरल, गोर्खा रेजिमेन्ट अधिकृत, नेपाली दूतावास, सेलिब्रिटीलगायतलाई निम्तो दिइएको जानकारीसमेत दिनुभयो ।

युद्धको कथामा बनेको ‘गोर्खा वारियर’ सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको चलचित्रमा रितेश चाम्सले, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले अभिनय गर्नुभएको छ ।

चलचित्रमा निर्देशक चाम्स र गिरिराज घिमिरेको लेखन, मिलन श्रेष्ठको सम्पादन, सुदीप बरालको डिओपी, हिमाल केसीको द्वन्द्व निर्देशन रहेको छ । आयोजित पत्रकार सम्मेलनमा १६ पटक सगरमाथा आरोहण गरेका फुर्वा तेञ्जिङ शेर्पालाई सम्मान गरियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: पी.सी. जोशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend