Logo २०८० असोज १४ आइतबार
युरोपमा १ सातासम्म नेपाली लोक संस्कृति प्रदर्शन , हेर्नुहोस् यी दृश्यहरु

युरोपमा १ सातासम्म नेपाली लोक संस्कृति प्रदर्शन , हेर्नुहोस् यी दृश्यहरु


infotainment प्रकाशित मिति : शनिबार, असार २ २०८०

काठमाडौँ । चर्चित नृत्य निर्देशक जोगेन्द्र केसीको नेतृत्वमा करिब दुई दर्जन कलाकार अहिले युरोप टुरमा छन् । युरोपका विभिन्न सहरमा नेपाली लोक नृत्य प्रस्तुत गर्ने उद्देश्यले उनीहरु केही अगाडि युरोप पुगेका हुन् ।

युरोपको टुरको सुरुवात उनीहरुले चेक रिपब्लिकको प्लिजन सहरमा आयोजित एकसाता लामो ‘२५औं प्लिजेन लोक सांस्कृतिक मेला’ कला प्रदर्शनीबाट गरेका थिए । ६ जुनदेखि १० जुनसम्म आयोजित कला प्रदर्शनीमा नेपाल सहित क्रोयसिया, युक्रेन, स्लोभाकिया लगायत विभिन्न देशका सांस्कृतिक टोलीले आ–आफ्नो देशको सांस्कृतिक प्रस्तुत गरेका थिए ।

कार्यक्रममा युद्धबाट प्रभावित राष्ट्र युक्रेनको सांस्कृतिक प्रस्तुतिले उपस्थित सबैलाई भावुक बनाएका थिए ।कार्यक्रममा नेपालको तर्फबाट सांस्कृतिक र परम्परागत रुपमा नाचिने लोपोन्मुख नृत्यहरु रोद, सेना, मारुनी, भांगड, कौडा, धिमे भोजपुरी, हिमाल, च्याबुछ, टप्पा, सालैजो, मगोटा, गरो, हटकली, लगायत प्रस्तुत गरिएको थियो । नेपालको नृत्य कार्यक्रममा सहभागी सबै देशका प्रतिनिधिले चाख पूर्वक हेरेका थिए ।

नेपालबाट सहभागी टोली चेक रिपब्लिकको कार्यक्रमपछि स्लोभाकियाको सामभ मायभा सहरमा सांस्कृतिक कार्यक्रममा सहभागी भएको छ । गत जुन १२बाट आयोजना भएको सांस्कृतिक प्रस्तुति १९ जुनसम्म चल्ने छ । यो कार्यक्रममा पनि नेपालसहित अन्य विभिन्न राष्ट्रको पनि सहभागी रहेको नृत्य निर्देशक जोगेन्द्र केसीले बताए । कार्यक्रममा अन्य देशका सांस्कृतिक टोलीसँग सांस्कृतिक आदान प्रदान गर्नुका साथै आफ्नो देशको कलासंस्कृति सिकाउने अवसर मिलेको केसीको भनाई रहेको छ ।

एभरेष्ट नेपाल कल्चर ग्रुपको पहलमा नेपाली कलाकार युरोप रहेका हुन् । टोलीमा एभरेष्ट नेपाल कल्चर ग्रुपका प्रमुख रामचनद्र कोइराला पनि छन् । नृत्य निर्देशक जोगेन्द्र केसीले यस अगाडि यस्ता थुप्रै देशमा नेपाली कलासंस्कृति प्रस्तुत गरिसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend