Logo २०८० असोज १४ आइतबार
नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ

नेकपा विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको अध्यक्ष ओलीको भनाइ


infotainment प्रकाशित मिति : सोमबार, असार ११ २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट आन्दोलनको हितका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजनको यथार्थ विश्लेषण आवश्यक रहेको बताएका छन् । एमाले नेता केशवप्रसाद वडालले लेखेका सिंहावलोकन पुस्तकको हिजो यहाँ विमोचन गर्दै उनले नेकपा विभाजनको यथार्थ विश्लेषण गर्न सके भविष्यमा राम्रो हुनेसमेत बताए ।

“नेकपा विभाजन किन कसरी, के उद्देश्य, आन्तरिक र वाह्य कारण के थियो त्यसको यथार्थ विश्लेषण गर्नुपर्छ”, उनले भने, “नेकपा विभाजन हुनुका कारण स्वचालित थियो वा परचालित के थियो ? त्यसको विश्लेषण जरुरी रहेको छ । यथार्थ विश्लेषणले नेपालको कम्युनिष्ट आन्दोलनको हित गर्दछ ।”

नेपालमा भएका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन नपाएपछि असफल भएको उनको भनाइ थियो । “नेपालका आन्दोलनले स्वतन्त्र क्रान्तिको रुप लिन पाएन, लिएन र त्यसरुपमा सफल पनि भएन”, उनले भने ।

अध्यक्ष ओलीले २००७ सालमा नेपाली जनताको बलले भएको आन्दोलन भए पनि तर सम्झौता नेपाली र नेपालका राजनीतिक शक्तिले वार्ता गरेर टुङ्ग्याउन नपाएको बताए । “विसं २०३६ को आन्दोलन जनमत सङ्ग्रहमा गएर टुङ्गियो । २०४६ सालको आन्दोलन एउटा सम्झौतामा गएर टुङ्गियो । २०६२र२०६३ सालको आन्दोलन सम्झौतामा गएर टुङ्गियो”, उनले भने ।

उनले अन्तराष्ट्रिय क्षेत्रमा पनि राजनीतिक पुरानै राजनीतिक नभएको भन्दै कम्युनिष्ट भनेर जे बुझिन्थ्यो अहिले त्यो पुरानो कम्युनिष्ट आज नभएको प्रस्ट पारे । अध्यक्ष ओलीले नयाँ ढङ्गले सामाजिक परिवर्तन गर्न सकिन्छ भनेर जनताको बहुदलीय जनवादी ल्याइएको बताए ।

अध्यक्ष ओलीले पुस्तकमा नेपाल कम्युनिष्ट भित्र के के खालका समस्या रहेका छन्, त्यसको पनि पुस्तकको अर्को संस्करणमा उठान गर्नुपर्ने धारणा राखे । घटनासँगसम्बन्धी भएर प्रवृत्तिको विश्लेषण पुस्तकमा गरियो भने पुस्तक महत्त्वपूर्ण हुने उनको भनाइ थियो । लेखक वडालले पुस्तक नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि १०औँ महाधिवेशनसम्मको बारेमा लेखिएको जानकारी दिएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend