Logo २०८० असोज १४ आइतबार
प्रदेश १ : प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान

प्रदेश १ : प्रदेश प्रमुखद्वारा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गर्न आह्वान


infotainment प्रकाशित मिति : सोमबार, असार १८ २०८०

काठमाडौं । एक नम्बर प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेशको मुख्यमन्त्री नियुक्ति लागि असार २१ गते बिहीबार साँझ ५ बजेसम्म दाबी पेस गर्न आज हिजो आह्वान गरेका छन् ।

प्रदेश प्रमुख खापुङले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम एक नम्बर प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई असार २१ गते बिहीबार साँझ ५ बजेसम्म प्रदेश सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्र्रयोजनका लागि आफ्नो दाबी पेस गर्न आह्वान गरेका छन् ।

एक नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम वि.सं २०८० असार १४ गते प्रदेशसभामा विश्वासको मतका लागि राखेका प्रस्ताव सोही धाराको उपधारा (३) बमोजिम असार १५ गते पारित हुन नसकी पदमुक्त भएका विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रदेश प्रमुख खापुङले नयाँ प्रदेश सरकार गठन गर्नका लागि नेपालको संविधानको धारा १६८ को (२) बमोजिम वा उपधारा (३) बमोजिममध्ये कुन उपधाराका आधारमा मुख्यमन्त्री नियुक्ति गरी सरकार गठन गर्नका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न आह्वान गर्नुपर्ने हो भनी महान्यायाधिवक्तासँग लिएको कानूनी रायसमेतका आधारमा उक्त आह्वान गरेका हुन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend