Logo २०८१ भाद्र ३१ सोमबार
सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता : प्रधानमन्त्री दाहाल

सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता : प्रधानमन्त्री दाहाल


infotainment प्रकाशित मिति : सोमबार, असार १८ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन, न्याय र समृद्धिका शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखेका छन् । चाबहिलस्थित जिपी कोइराला मेमोरियल कलेजको १२औँ वार्षिकोत्सव तथा गिरिजाप्रसाद कोइरालाको शतवार्षिकीको अवसरमा आज आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने भनाइ व्यक्त गरे ।

उनले भने, “लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक छ । यसका लागि नेपाली कांग्रेससँग सहकार्य आवश्यक ठानेरै म यो गठबन्धनलाई बलियो बनाउन लागेको हुँ ।”

नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहनुभएका दाहालले भने, “कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र मेरो कुराकानीबाट तत्कालीन विद्रोही माओवादी जनयुद्धबाट शान्तिपूर्ण सङ्घर्षमा आयो र संयुक्त जनआन्दोलनको बलमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापित भयो । यस गणतन्त्रलाई बचाउनु हामी सबैको कर्तव्य हो । म बौद्धिक वर्गलाई पनि यही आग्रह गर्दछु ।”

उनले सामाजिक सञ्जालमा गाली गरेर नभई राष्ट्र निर्माण र लोकतन्त्रको रक्षाका लागि आत्मसमीक्षासहित समर्पित भई जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक भएको बताउँदै यस सन्दर्भमा कोइरालाको उच्च साहस र दृढ इच्छाशक्तिबाट प्रेरणा मिल्ने बताए ।

प्रधानमन्त्री प्रचण्डले भने, “कोइराला मेरा लागि जीवनभर प्रेरणाका स्रोत रहिरहनुहुनेछ । उहाँ मेरो अभिभावक हुनुहुन्थ्यो । उहाँप्रति मेरो अगाध आस्था र विश्वास रहीरहनेछ ।”

उनले राष्ट्र निर्माणका लागि शिक्षा क्षेत्र निर्णायक तत्व भएको उल्लेख गर्दै विश्वविद्यालय ऐनको तयारीका काम भइरहेको अवगत गराए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend