Logo २०८० असोज १४ आइतबार
गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश र दिवान्सी

गायिका जया छन्त्यालको ‘मुटु खाने भो’मा दुर्गेश र दिवान्सी


infotainment प्रकाशित मिति : मंगलबार, असार १९ २०८०

काठमाडौँ । गायिका जया छन्त्याल पुन र गायक नविन रानाको स्वरमा रहेको ‘मुटु खाने भो’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । बाग्लुङको धम्जामा जन्मे हुर्केकी गायिका जया छन्त्याल पुनको प्रस्तुतीमा तयार सार्वजनिक गीतमा प्रलाद शुवेदीको शब्द रहेको छ भने लय शिव कनौजे मगरको रहेको छ ।

एचबिएन किस्मतको एरेन्ज तथा मिक्सिङ र मास्टरिङ रहेको गीतमा चर्चित मोडल तथा गायक दुर्गेश थापाको सशक्त अभिनय रहेको छ । भिडियोमा दुर्गेशलाई दिवान्सी रोका मगरले अभिनयमा साथ दिएकी छिन् । भिडियोले वैँशालु उमेरमा चोखो माया लगाउने एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कहानीलाई देखाएको छ । जसमा माया प्रेममा आउने उतार चढावलाई निर्देशक मौसम हिमालीले कलात्मक शैलीमा भिडियोमा देखाएका छन् ।

भिडियोको छायाकंन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन र कलर मनोज कार्कीले गरेका हुन् । गायिका पुनका यसअघि झ्याम्मै बस्यो साईली, बाग्लुङ पञ्चकोट, लगायतका डेढ दर्जन बढी गीतका भिडियोहरु बजारमा आइसकेका छन् । सार्वजनिक गीतको भिडियो पनि गायिका पुनकै अफिसियल च्यानल जया छन्त्याल पुनबाट बजारमा आएको हो । हेर्नुहोस् प्रेम, रोमान्सले भरिएको यो रमाइलो गीतको भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend