Logo २०८० असोज १४ आइतबार
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाद्धारा (UKROA) उभौली साकेलाको मैझारो न्युयोर्कमा सम्पन्न।

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाद्धारा (UKROA) उभौली साकेलाको मैझारो न्युयोर्कमा सम्पन्न।


infotainment प्रकाशित मिति : मंगलबार, असार २६ २०८०

     युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले (UKROA) गत १७ जुन २०२३ शनिवारका दिन न्यूयोर्क शहरको क्वीन्स ब्रीजमा भव्य रुपमा साकेला सिली नाच्दै यसवर्षको उभौली साकेलाको सम्पूर्ण कार्यक्रमहरु सम्पन्न गरेको छ। UKROA न्यूयोर्क च्याप्टरको आयोजनामा सम्पन्न उक्त उभौली साकेला समारोहको औपचारिक कार्यक्रम प्रारम्भ हुनुपुर्व मौलिक किराती भेषभुषामा सजिएका किरात राईहरुको साँस्कृतिक टोली बाजागाजा सहित र्याली गर्दै, संसारकै ब्यस्त शहर म्यानहटनको  टाईम स्क्वायरमा पुगी साकेला सिली नाचेका थिए।
UKROA newyork chapter president Mamata राईको नेतृत्वमा टाईम स्क्वायर पुगेको साँस्कृतिक झाँकी सहितको र्यालीमा स्थानिय सामाजिक/  साँस्कृतिक संघ/संस्थाका अगुवा प्रतिनिधि तथा पत्रकारहरुको समेत उल्लेख्य सहभागिता थियो। किराती मौलिक बाजाहरु ढोल, झ्याम्टा, सिलिमी र चम्मर सहित सास्कृतिक टोलीले प्रस्तुत गरेको सुन्दर साकेला सिली (नृत्य) स्थानिय मिडियाहरुबाट प्रत्यक्ष प्रसारण समेत गरिएको थियो। टाईम स्क्वायरको प्रस्तुति पश्चात साँस्कृतिक टोलीको र्याली क्विन्स ब्रीजमा पुगी औपचारिक उभौली साकेला भुमिपुजा समारोहमा परिणत भएको थियो।   UKROA न्यूयोर्क च्याप्टरका अध्यक्ष ममता खालिङ्गको अध्यक्षतामा सम्पन्न उक्त उभौलि साकेला समारोहका प्रमुख अतिथी संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधी महामहिम अमृत ब. राई हुनुहुन्थ्यो।; भने विशेष अतिथीहरुपमा UKROA केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राई, नेपाली दुतावासका कन्सुलेट जेनेरल विष्णु प्र. गौतम, पूर्व उपराष्ट्रपतिका सल्लाहकार कपुर श्रेष्ठ, फिप्नाका महासचिव टोमा लामा र नक्छुङ्ग पदम ब राई हुनुहुन्थ्यो। त्यस्तै गरी अतिथीहरु ईन्दीरा चेम्जोङ्ग  (याक्थुम चुम्लुङ्ग), शंकर पन्त (प्रवासी मंच) श्याम कार्की (क्विन्स एटर्नी जनसल अफिस), मिङ्मा लामा (किदुक), शोभाकान्त पन्त (            ), प्रभाकर राई (युक्रा सल्लाहकार), गोविन्द राई (वरिष्ट नृत्य निर्देशक), छिरिङ्ग दोर्जे शेर्पा (शेर्पा किदुक), जंगु शेर्पा, वाकाशा राई (केआरएसए NY अध्यक्ष) र दिपक थेवे हुनुहुन्थ्यो ।
उभौली साकेलाको पावन अवसरमा शुभकामना व्यक्त गर्ने क्रममा विशेष अतिथीहरु तथा अतिथीहरुले बहुसांस्कृतिक, बहुभाषिक र विविधताले भरिएको सुन्दर देश मातृभुमी नेपालले अंगीकार गरेको संघियताको मर्म अनुरुप नै पहिचान खुल्नेगरी १ नं. प्रदेशलाई पुनः नामाकरण गर्दै, किरात प्रदेश घोषणा गरिनु पर्ने तर्क गरेका थिए। न्युयोर्कमा क्रियासिल विभिन्न साँस्कृतिक/सामाजिक संघसंस्थाहरुका प्रतिनिधी तथा पत्रकारहरुको बाक्लो उपस्थिती रहेको उक्त भव्य उभौली साकेला समारोहमा UKROA न्यूयोर्क च्याप्टरका वरिष्ट उपाध्यक्ष तथा चर्चित कलाकार बशन्ति राईको नेतृत्वमा बेजोड साकेला सिली (नाँच) प्रस्तुत गरिएको थियो।
उभौली साकेला समारोहको अन्त्यमा आफ्नो चार वर्षे कार्यकाल सम्पन्न गरी स्वदेश फर्कन लाग्नु भएका संयुक्त राष्ट्रसंघका लागि नेपाल सरकारका स्थायी प्रतिनिधी महामहिम अमृत ब. राईलाई UKROA ले विशेष कार्यक्रमका साथ औपचारिक विदाई गरेको थियो। कन्सुलेट जेनेरल विष्णु प्र. गौतम र केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राईले विदाई मन्तव्य दिनुहुदै, महामहिम राईले UN मा कार्यरत रहदा देशको छबि उच्च राख्न पुर्याउनु भएको योगदानको मुक्तकन्ठले प्रशंसा गर्नु भएको थियो। महामहिम राईले सदैव आमनेपाली नागरिकलाई सम्झेर राष्ट्र हितलाई शिरमा राखी ईमान्दारिताका साथ आफुले काम गरेको बताउनु हुदै, यो न्यानो अविस्मरणिय विदाईको निम्ती सँधै आभारी रहने भन्दै कृतज्ञता समेत व्यक्त गर्नु भएको थियो। सम्पूर्ण कार्यक्रमको संचालक युक्रा न्यूयोर्क च्याप्टरका महासचिव सन्तोष थुलुङ्ग राईले गर्नु भएको थियो ।
UKROA ले गत मे ६ मा TAF च्याप्टरको संयोजन र केन्द्रको आयोजनामा उभौली ग्राण्ड साकेला गरी,प्रारम्भ गरेको यस वर्षको उभौली साकेला सेलेब्रेसनहरू क्रमसः ३ जुन २०२३ मा न्यू ईङ्गल्याण्ड च्याप्टरले बोष्टन, म्यासेचुसेट, क्यालिर्फोनिया च्याप्टरले कनेडी ग्रोव रिक्रियसन, क्यालिर्फोनियामा र DMVP च्याप्टरले ४ जुन २०२३ मा पातास्प्को भ्यालि स्टेटपार्क, मेरिल्याण्डमा भब्यरुमा मनाएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend