Logo २०८० असोज १४ आइतबार
परिवर्तनका लागि राजनीति गरेको हो : अध्यक्ष ओली

परिवर्तनका लागि राजनीति गरेको हो : अध्यक्ष ओली


infotainment प्रकाशित मिति : सोमबार, भाद्र ४ २०८०

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले मुलुकको परिवर्तनका लागि राजनीति गरेको बताएका छन् । ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज केन्द्रीय सदस्यमा मनोनित छक्कबहादुर लामालाई सपथ ग्रहण गराउँदै उनले एमाले सरकारमा पुग्न र मन्त्री हुनका लागि राजनीति गर्ने पार्टी नभई मुलुकको परिवर्तन गर्नका लागि राजनीति गरेको स्पष्ट पारे ।

“प्रधानमन्त्री, सभामुख, मन्त्री, मुख्यमन्त्री हुनका लागि राजनीति गर्ने पार्टी होइन । देशमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो”, उनले भने, “जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि राजनीति गर्ने पार्टी हो ।” उनले एमालेले मात्र जनताको समर्थन प्राप्त गर्न चाहने र बुझ्ने पार्टी रहेको बताउनुभयो । त्यसका लागि उनले कार्यकर्तालाई सहज र सजक ढङ्गले जनतामा जान अभिप्रेरित गर्न आग्रह गरे ।

अध्यक्ष ओलीले मुलुकलाई ‘समृद्ध नेपाल र सुखी नेपाली’को अभियानलाई गन्तव्यका साथ अगाडि बढाउने योजनाका साथ एमाले पार्टी अगाडि बढेको बताए । उनले भ्रष्टाचार र तस्किरी रोक्नका लागि भनेर आफूहरुले छानबिन समिति गठनको माग गरेको बताए । उनले सुन तस्करीमा शक्तिशाली अन्तर्राष्ट्रिय गिरोह सक्रिय रहेकाले छानबिन आवश्यक रहेको बताए ।

उनले अहिलेको भद्रगोलस्थितलाई समृद्धिको बाटोमा लैजान आफूले खोजिरहेको भन्दै मुलुकमा कानुनको राज र संविधानसम्मत चल्नुपर्ने भनाइ राखे । “संविधानमा कहीकतै कमीकमजोरी रहेको छ भने भोलि संशोधन गर्न सकिन्छ”, अध्यक्ष ओलीले भने, “तर आजको संविधानअनुसार देश चलाउनुपर्दछ । पवित्र ढङ्गले देश चलोस् । कानुनको पालना राज्यले गराओस् ।” उनले राज्यले जनतालाई देशभक्ति र कानुन मान्न अभिप्रेरित गर्नुपर्ने भनाइ राखे ।

यही साउन २९ गते बसेको एमाले सचिवालय बैठकले लामासहित केदार न्यौपानेलाई केन्द्रीय सदस्यमा मनोनित गरेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend