Logo २०८० असोज १४ आइतबार
गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री सुनकको शुभकामना

गोर्खा वारियर’लाई बेलायतका प्रधानमन्त्री सुनकको शुभकामना


infotainment प्रकाशित मिति : बुधबार, भाद्र ६ २०८०

काठमाडौं । नेपाली चलचित्र ‘गोर्खा वारियर’ लाई बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पत्रमार्फत सफलताको शुभकामना दिनुभएको छ । भदौ २४ मा त्यहाँको प्रतिष्ठित आइम्याक्स सिनेवल्र्डमा विशेष प्रदर्शनी (वल्र्ड प्रिमियर) गर्न लागिएको चलचित्र हेर्न कार्यव्यस्तताको कारण उपस्थित हुन् नसके पनि गोर्खालीका विषयमा चलचित्र बन्नु गौरवको विषय रहेको उहाँले पत्रमा उल्लेख गर्नुभएको छ ।

“बहादुर गोर्खा सैनिकको वीरता, त्याग र समर्पणबारे बनेको चलचित्रको विषयमा थाहा पाउँदा म हर्षित छु । निम्तोका लागि हार्दिक धन्यवाद । म प्रिमियर समारोहमा उपस्थित हुन असमर्थ छु । प्रिमियर सो र चलचित्र सफलताको शुभकामना दिन चाहन्छु । पत्रका लागि धन्यवाद”, प्रधानमन्त्री सुनकले पठाउनुभएको पत्रमा उल्लेख छ ।

बेलायती प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटका तर्फबाट अगस्ट १७ मा सांस्कृतिक मामिलामन्त्री डेनिम गोलिङलाई सम्बोधन गर्दै प्रधानमन्त्री सुनकले उक्त पत्र लेख्नुभएको हो । केही समय अगाडि निर्माता तथा निर्देशक मिलन चाम्सले सांस्कृतिक मामिलामन्त्री गोलिङमार्फत प्रधानमन्त्रीलाई विशेष प्रदर्शनीमा सहभागी हुन निम्तो पठाउनु भएको थियो ।

बेलायतका प्रधानमन्त्रीबाट सम्बोधन भएको जानकारी दिन पाउँदा खुसी लागेको प्रतिक्रिया उहाँले दिनुभयो । निर्देशक चाम्सले भन्नुभयो,“नेपाली चलचित्रमा संभवत् उहाँले पहिलो पटक सम्बोधन गर्नुभएको हो । गोर्खालीको विषयमा चलचित्र बनेको थाहा पाएपछि बेलायतमा हामीलाई प्राप्त भइरहेको प्रतिक्रियालाई शब्दमा व्याख्या गर्न सकिदैन । नेपालीको विषयलाई यसअगाडि हामीले अन्तर्राष्ट्रिय बजारमा यतिबलियोसँग पहिले प्रस्तुत गर्न सकेका थिएनौँ।”

निर्देशक चाम्सले ‘गोर्खा वारियर’मार्फत अन्तर्राष्ट्रिय बजारमा भइरहेको चर्चाले समग्र नेपाली चलचित्रलाई टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “हामीले हलिउडका चलचित्रको प्रिमियर हुने चलचित्र भवनमा सोही शैलीमा गर्ने प्रिमियरमा लण्डनमा नेपाली चलचित्रको बारेमा चर्चा हुनेमा दुईमत छैन। अब हामीले हाम्रो वीरताको कथा भन्नुपर्छ, त्यसमा चलचित्र बन्नुपर्छ”, उहाँले भन्नुभयो ।

युद्ध विधामा बनेको यस चलचित्रमा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आवद्ध गोर्खा सैनिकका लडाइँबारे देखाइएको छ । नेपाली, अङ्ग्रेजी र हिन्दी भाषामा प्रदर्शन हुने चलचित्रमा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायत कलाकारले अभिनय गर्नुभएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend