२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न
२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजनामा र १८ वटा सदस्य संस्थाहरुको सह–आयोजनामा हालै “२९औँ विश्व आदिवासी दिवस–अगष्ट ९” अमेरिकाको न्यूयोर्कमा ऐतिहासिक तथा भब्य रुपमा सम्पन्न गरेको छ । भव्य रयालीमा फिप्नाको १८ वटा सदस्य संस्था लागायत अन्य विभिन्न नेपाली डायस्पोराका संघसंस्थाहरुको सभगीता रहेको थियो ।
फिप्नाका १८ वटै संस्थाका पधाधिकारी तथा सदस्यहरु एलम्हर्ट्सको ज्याक्सन हाइटस्थित घ्याल्सुम्दो सेवा समाजको भवनमा जम्मा भई सबैले प्रत्येक संस्थाहरुले संस्थागतरुपमा आ–आफ्नो भेषभुषामा तस्वीर खिचाएका थिए । तस्विर खिच्ने कार्य सक्न बितिकै सबै संस्थकाहरुले आ–आफ्नो ब्यानर लिएर र्यालीमा सहभागिता जनाएका थियो उक्त भव्यरयाली करीब एक घण्टाको न्यूयोर्क शहरको परिक्रमा गरी क्वीन्स ज्याक्सन हाईटको डाइभरसीटी प्लाजामा कोण सभा भएको थियो । कोण सभा गर्नु भन्दा अगाडी उपस्थित् सबै जातीय संस्थाहरुले आ–आफ्ना परम्परागत झाँकी प्रस्तुत गरिएको थियो ।
उक्त कोण सभाको नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का महासचिव तथा कार्यक्रम संचालक टोमा लामाले ंसंक्षिप्तमा नेपालको पहिचान दिँदै, नेपाल बुद्ध र सगर माथाको देश हो, नेपाल बहु जाति, बहु धार्मिक र बहु सांस्कृतिक भएको देश हो भन्ने कुरा आम उपस्थित् अथिति अमेरिकाको राजनीतिक लीडरहरु तथा उपस्थित् सबै जनालाई जानकारी दिए । साथै महासचिव लामाले हाम्रो भाषा, हाम्रो धर्म, हाम्रो संस्कृति, हाम्रो पहिचान भन्ने मूल नारालाई आत्मसात गर्दै कार्यक्रमको शुरुवात गरेको थियो । कार्यक्रमको अध्यक्षता नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष श्री राज कुमार विष्टले गर्नु भएको थियो भने प्रमुख अतिथीको रुपमा नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका बाणिज्य दूत श्री गणेश प्रसाद अधिकारी थिए ।
विशेष अतिथिहरुमा Assembly Member District 30 Steven Raga, District Leader & Former City Council Member/former state Senator dfggLo Hiram Monstarate,, न्युयोर्कका मेयर एरिक एडम्सका एशिया मामिला सल्लहकार नवराज केसी थिए । फिप्नाका १८ वटा सदस्य संस्थाका अध्यक्षहरु, फिप्ना संघीय परिषदका सभामुख सभामुख सुबर्ण शाक्य, उपसभामुख गोमा योञ्जन, सल्लाहकार प्रदिप परियार थापा र अतिथिहरुमा एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल, यूएस नेपाल क्लाइम्बर एसोसियशन इंकका अध्यक्ष पासाङ शेर्पा, प्रवासी नेपाली एकता मन्च अमेरिकाका पूर्व अध्यक्ष टेक गुरुङ र गोविन्द डान्स सेन्टरका डाइरेक्टर एवं नेपाली सिने जगत बरिष्ठ डान्स डाइरेक्टर गोविन्द राई लगायतका थुप्रै नेपाली डायस्पोराका संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको थिए । कार्यक्रममा “मिस नेपाल नर्थ अमेरिका–२०२३ जुबीली शेर्पा” को पनि बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा फिप्नाका क्षेत्रीय उपाध्यक्ष एव कार्यक्रमका संयोजक माया लामा ह्योल्मोले उपस्थित् सबैलाई स्वागत मन्तव्य राखेका थिए । फिप्नाका निवर्तमान अध्यक्ष एवं सल्लाहकार लोक चेम्जोङ प्रमुख वक्ता थिए । प्रमुख वक्ता चेम्जोङले विशेष गरी नेपालका आदिवासीहरुको वर्तमान जल्दाबल्दा मुद्दा तथा सवाल, विश्व व्यापीकरणले आदिवासीहरुमा पारेको प्रभाव र नेपालका आदिवासीहरुको वर्तमान अवस्था तथा सवालहरुको बारेमा प्रष्ट पार्नुको साथै राज्यको ध्यानआर्कषण गर्नु भएको थियो । हरेक जात जाति तथा समुदायहरुको पहिचान दिलाउनको लागि भाषिक, धार्मिक र साँस्कृतिक अधिकार जसरी अमेरिकाले सुनिश्चित गरेको छ त्यसरी नेपालले पनि अमेरिकाबाट सिक्नुपर्छ भनेर बताउनु भयो । जसरी अहिले प्रदेश नं १ को नाम कोशी प्रदेश राखिएकोमा हामी आदिवासीहरु खेद प्रकट गर्दछौं । सो कोशी प्रदेश नाम खारेज गरी त्यहाँका बहुसंख्यक लिम्बु र किरात राई हरुको पहिचान दिने नाम राखिनु पर्दछ भनेर जोडदार आवाज उठाउनु भएको थियो । त्यसै गरी न्याय, समानता र पहिचानका लागि हामी सबै एक ठाउँमा आउनको लागि आव्हान गरे
शुभकामना मन्तव्य राख्नेहरुमा विशेष अतिथि न्यूयोर्क शहर District 30 का Assembly Member Steven Raga ले मन्तव्यको क्रममा नेपाली आदिवासीहरुमा विविधमा एकता देखियो, यो देखेर आफुलाई निर्कै खुशाी लागेको व्यक्त गरे । नेपाली अदिवासीहरुको आवाजलाई हामी सधैं सुन्नेछौं र केन्द्रमा राख्नेछौं भनेर प्रतिवद्धता जायर गरे । एसेम्बली मेम्बर रागाले अमेरिकाको न्यूयोर्क शहरको क्वीन्समा पनि नेपाली आदिवासीहरुले आफ्नो सांस्कृतिक, भाषा र धर्मलाई जोगाउन निरन्तरता दिएकोमा नेपाली आदिवासीहरुलाई धन्यबाद व्यक्त गरे । District Leader & Former City Council Member/former state Senator माननीय Hiram Monstarate ले मन्तव्यको क्रममा न्यूयोर्क शहर विश्वको सबैभन्दा विविधता भएको ठाउँ हो यसको एउटा ठूलो हिस्सा नेपाली आदिवासी तथा नेपाली समुदाय हो । हामीले देखी रहेका छौं यहाँ नेपाली समुदायहरुको विकास हुनुको साथै आफ्नो संस्कृतिको जगेर्ना पनि गरिरहेका छन् । युयोर्कका मेयर एरिक एडम्स्का एशिया मामिला सल्लहकार नवराज केसी, फिप्नाका सभामुख सुबर्ण शाक्य, एनआरएनए न्युयोर्क च्याप्टरमा नव निर्वाचित अध्यक्ष हेमन्त मल्ल, गुरुङ(तमु) सोसाइटी इंक, अमेरिकाका अध्यक्ष तोरन गुरुङ र फिप्ना न्यूह्याम्सर च्याप्टर कमिटिका प्रतिनिधि मुक्ति वान्तवा राई थिए ।
विश्व आदिवासी दिवसको अवसरमा “बृहत किरात र राई जाति” नामक पुस्तक प्रमुख अतिथि नेपाली महाबाणिज्यदूतावास, न्यूयोर्कका बाणिज्य दूत श्री गणेश प्रसाद अधिकारी ज्यूले विमोचन गर्नुभएको थियो । सो पुस्तकको लेखकहरुमा भोगीराज चाम्लिङ, डा. तारामणि राई र भद्रगोल किराती हुन् ।
कार्यक्रमको संयोजक फिप्नाका क्षेत्रीय उपाध्यक्ष माया लामा ह्योल्मा संयोजक, सह संयोजक सचिव निमा गोले तामाङ र अर्का सह संयोजकमा तात्कालिन न्यूयोर्कका लागि नेपाल सरकारको पर्यटन सद्भावना दूत एवं चिरपरिचित लोकप्रिय समाजसेवी केशब राम राई थिए ।
फिप्नाले “विश्व आदिवासी दिवस –अगष्ट ९” हरेक वर्ष केही न केही फरक ढंगले मनाउँदै आएको छ । यो वर्षको “२९औँ विश्व आदिवासी दिवस २०२३–अगष्ट ९” फिप्नाले विशेष रयालीमा फोकस गरी आदिवासीका आम मुद्दा तथा नारा सहितको प्लेकार्डमा सबै उपस्थित् भएका थिए । फिप्नाको दस्ताबेजको लागि विभिन्न समुदायहरुको संस्थागत रुपमा छुट्टाछुट्टै मौलिक भेषभुषामा विशेष फोटोसुट पनि आयोजना गर्यो । रयालीमा अत्याधिक संस्था तथा मानिसहरुको सहभागिताले अत्ति नै भव्य हुनुको साथै न्यूयोर्क शहर नै रंगिएको थियो
नेपाली आदिवासी समुदायहरुको विबिधामा एकता भएको कुरा न्यूयोर्कबासीलाई प्रत्यक्ष देखाउँन पाएको र कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक भएको मा अत्यन्तै खुशी भएको कुरा नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का महासचिव टोमा लामाले बताए । कोणसभमा समापन नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना)का अध्यक्ष श्री राज कुमार विष्टले कार्यक्रम फिप्नाले सोचेको भन्दा निकै राम्रो र भव्य भएकोमा खुशी व्यक्त गरे । प्रमुख अतिथि लगायत सम्पूर्ण अतिथि तथा सहभागीहरुलाई धन्यबाद दिंदै कार्यक्रमको समापन गरेको थियो ।
|
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट