Logo २०८१ कार्तिक २८ बुधबार
UKROA न्यूइड्ल्याण्ड च्याप्टरको ग्रिष्मकालीन वनभोज न्यूक्यासल कमन्स् पार्कमा सम्पन्न

UKROA न्यूइड्ल्याण्ड च्याप्टरको ग्रिष्मकालीन वनभोज न्यूक्यासल कमन्स् पार्कमा सम्पन्न


infotainment प्रकाशित मिति : बिहिबार, भाद्र २८ २०८०

  • शेखर राई/ राकेश राई न्यूह्यम्सायर,

अमेरिका । यूनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिका (UKROA) न्यू ईङ्गल्याण्ड च्याप्टरको वार्षिक कार्यतालिका अन्तरगतको ग्रिष्मकालिन वनभोज कार्यक्रम गत २० आगष्ट २०२३ आईतवार संस्थाका सदस्यहरु तथा नव आगन्तुक पाहुनाहरुको व्यापक सहभागितामा भव्य रूपमा सम्पन्न भएको थियो। न्यू ह्यम्पसायर राज्यको New Castle city मा पर्ने आन्द्रा महासागरको किनारमा अवस्थित Great Island Common Park मा विविध मनोरञ्जनात्मक कार्यक्रमहरु सहित भव्य रूपमा सम्पन्न उक्त वनभोज कार्यक्रममा बोष्टन म्यासाचुसेटस् र न्यूहाम्सायर राज्यमा वसोवास गर्ने किरात राई परिवारहरु र आमन्त्रित पहुनाहरू सहित १५० जनाको सहभागिता रहेको थिए।

वनभोजमा संस्थाका संस्थापक अध्यक्ष, फिप्ना तथा NRNA, NCC का पूर्व अध्यक्ष तथा न्यूहाम्सायर राज्यको लागि नेपाली सद्भावना दुत शिव कुमार राई, पूर्व केन्द्रिय अध्यक्ष तथा साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रवर्धन केन्द्र अन्तराष्ट्रिय समितिका महासचिव विष्णु कुमार राई, कानुनी सल्लाहकार सुरेश चाम्लिड: राई, कल्चर संयोजक लक्ष्मी राई, संस्थाका वरिष्ट सदस्य/ खडिमान राई, ठाकुर सिं. लिङ्गथेप, अन्तराष्ट्रिय साहित्य समाज म्यासाचुसेट् च्यप्टरका अध्यक्ष दिपा राई पून, न्यूहाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा तथा पूर्व अध्यक्ष मिन गौतम र गुरूड्ग समाज न्यूह्याम्सायरका प्रतिनिधी सदस्य यम घले लगायतका आमन्त्रित पाहुनाहरुको उपस्थिती रहेको थिए।

​हरेक वर्षको विध्यार्थी भाइवहिनीहरूको गृष्मकालिन लामो विदाको उत्तरार्दमा आयोजना गर्दै आईरहेको यस वनभोजले एकआपसम बन्धुत्व र मित्रताको भावनालाई मजवुद बनाउन सहयोगी हुने विश्वासका साथ UKROA ले निरन्तर रुपमा सन् २०१६ देखी “UKROA Family Summer picnic“ आयोजना गर्दै आईरहेको च्याप्टरका अध्यक्ष कर्ण ब़ राईले बताएका थिए।च्याप्टर अध्यक्ष राईले संस्थामा आवद्धहुन आउनुभएका नयां सदस्यहरू र पारिवारिक भ्रमणका शिलसिलामा यहाँ अमेरिकामा रहनुभएका पाहुनाहरु कृष्ण ब. राई, शान्ती राई, देवल राई, चन्द्र देवी राई, क्षितिज राई, गंगा राई, गंगा खत्री, बिमला राई र जय कुमारी राईलाई संस्थाको तर्फबाट खदा लगाई औपचारिक रुपमा स्वागत तथा सम्मान गरिएको थिए, भने नव आगन्तुक सदस्यहरु र पाहुनहरूले सामुहिकरुपमा केक काटेका थिए। च्याप्टर अध्यक्ष राई तथा वहाकी धर्मपत्नि सविना खड्का राईले न्यूहाम्सायर नेपाली समाजको सन् २०२३-२०२५ कार्यकालको लागि अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भई कार्यकाल प्रारम्भ् गर्नुभएका अध्यक्ष लाक्पा शेर्पा र वहाकी धर्मपत्नि छम्जि टासी शेर्पालाई खदा र पुष्पगुच्छा प्रदान गर्दै सिङ्गो UKROA संस्थाको तर्फबाट सफल कार्यकालको शुभकामना तथा बधाई ज्ञापन गरेका थिए।

स्वागत तथा सम्मान ग्रहण गर्नुहुने पाहुनाहरूको तर्फबाट किरात राई यायोख्खा मकवनपुरका अध्यक्ष कृष्ण ब. राईले UKROA ले गरेको स्वागत र उच्च सम्मानको निम्ति स-धन्यवाद दिनु हुदै, हामी तीन चुला र प्रकृति पुजक किरातीहरु विश्वको जुनसुकै ठाउमा पुगेपनि आफ्नो घर्म/संस्कृति जोगाउन संवेदनशिल भएर लागिपरिरहेको देख्दा अगाध खुसी लाग्ने विचार व्यक्त गरेका थिए। त्यस्तैगरि अर्का पाहुना किराया मकवनपुरका पूर्व अध्यक्ष देवल राईले संस्थाको उन्नति र प्रगतिको कामना गरेका थिए। UKROA का पूर्व अध्यक्ष तथा साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रवर्ध्दन केन्द्र अन्तराष्ट्रिय समितिका महासचिव विष्णु कुमार राईले किरातहरुले आत्मसाथ गरेको मुन्धुमी शक्तिको उदगम थलो तथा पवित्र तिर्थस्थल साल्पा सिलिचुङ्गको महत्व र यसको संरक्षणको निम्ति साल्पा सिलिचुङग् सरोकार संरक्षण तथा प्रवर्ध्दन केन्द्र अन्तराष्ट्रिय समितिले विश्वभर रहनु भएका समस्त किरांत राईहरूबाट भइरहेका काम र प्रगतिको बारेमा प्रकाश पार्नु भएको थियो।न्यूहाम्सायर नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पाले सम्मान र सदभावको निम्ति UKROA प्रति आभार व्यक्त गर्दै खुसी व्यक्त गरेका थिए।

संधै झैं, यस वर्षको बनभोजमा पनि पोर्क र चिकेनको BBQ सहित बिभिन्न मिष्ठान्न खानाहरुका साथमा परम्परागत किराती परिकार “किनिमा र रायोको साग” पनि सर्भ गरिएको थियो । दिवा खाना पछि बनभोजलाई स्मरणिय र मनोरञ्जनात्मक बनाउन च्याप्टरका महासचिव राकेश राईले BINGO खेल रोचक ढंगले संचालन गरेका थिए। विजेताहरूलाई पुरस्कार प्रदान गर्दै अध्यक्ष कर्ण ब. राईले वनभोजमा मिठा-मिठा परिकारहरू तयार पार्नुहुने प्रेमा गुरूङग् राई, भोज कुमारी राई, प्रमिला राई, शोभा राई, कमला राई, भक्ति शिला लिङ्गथेप, सुमिता राई, विशेष सेफ केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी र च्यप्टर वोर्ड सदस्य यूवराज राई लगायत स्पटमा खट्नु हुने सम्पूर्ण सदस्यहरूलाई धन्यवाद ज्ञापन गरेका थिए।

कार्यक्रमको अन्त्यमा च्याप्टरका कोषाध्यक्ष तथा गायक चन्द्र कुमार राईले सांगितिक DJ प्रश्तुत गर्दै सम्पूर्ण सहभागीहरूलाई एट्लाण्टिक ओसनको किनारमा वेजोडका साथ नृत्य गराई मनोरञ्जन दिलाउनु भएको थियो।स्वागत तथा सम्मान कार्यक्रमको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राई र मनोरन्जानात्मक खेल च्याप्टर सचिव राकेश राईले संयुक्त रूपमा संचालन गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend