Logo २०८० असोज १४ आइतबार
सस्तो स्मार्टफोन ‘पिक्सल’ सार्वजनिक गर्ने तयारीमा जुट्यो गुगल, यस्ता छन् फिचर्स

सस्तो स्मार्टफोन ‘पिक्सल’ सार्वजनिक गर्ने तयारीमा जुट्यो गुगल, यस्ता छन् फिचर्स


infotainment प्रकाशित मिति : शनिबार, बैशाख २० २०७७

काठमाडौं, २० बैशाख । एप्पलपछि गुगलले पनि मिड रेञ्जको स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ । जानकारी अनुसार गुगलले २२ मे का दिन एक अनलाइन इभेन्टमा पिक्सल फोरए (Pixel 4a) सार्वजनिक गर्नसक्नेछ ।

यस अगाडि पनि कोरोना भाइरस संक्रमणका कारण गुगलले आफ्नो नयाँ स्मार्टफोन गुगल आई ल्स्यास ओ (Google I/O) क्यान्सिल गरिसकेको छ, जुन सार्वजनिक गर्ने तयारीमा कम्पनी जुटेको थियो ।

एक रिपोर्टका अनुसार जर्मनीमा गुगल पिक्सल फोरएको बजार मूल्य ३९९ यूरो तोकिनेछ । जर्मनमा सार्वजनिक भएलगत्तै अन्य देशमा पनि गुगलको उक्त स्मार्टफोनलाई विक्री वितरण गरिने जानकारी गराइएको छ । भर्खरै मात्र वोडाफोन जर्मनीको इन्टरनल डकुमेन्ट्सबाट यो जानकारी सार्वजनिक भएको हो ।

गुगलको पिक्सल फोरए स्मार्टफोनमा ५.८१ इञ्चको ओलेड डिस्प्ले दिइनेछ, जसको रिज्योलुशन फुल एचडी प्लस हुनेछ । यसका साथै यस स्मार्टफोनमा Qualcomm Snadpdragon 730 प्रोसेसरमा चल्नेछ । यसमा ब्याट्रि 3,080 mAh को दिइनेछ ।

पिक्सल फोरएमा ६ जीवी -याम र ६४ जीवी स्टोरेज दिइनेछ । दोस्रो भेरियन्टमा भने १२८ जीवीको स्टोरेज दिइनेछ । यसमा एउटा मात्रै रियर र फ्रन्ट क्यामेरा दिइनेछ ।

प्राइमरी क्यामेरा १२.२ मेगापिक्सलको हुनेछ जहाँ अप्टिकल इमेज र इलेक्ट्रोनिक इमेज स्टेब्लाइजेशन दिइनेछ । उक्त स्मार्टफोन दुई कलर ब्ल्याक र बेयरली ब्ल्यूमा सार्वजनिक गरिनेछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend