Logo २०८१ जेष्ठ ६ आइतबार
देउकृष्ण लिंखा याक्खाको निर्देशनमा रेखा फिचर्ड ‘यो जुनी’ सार्वजनिक (भिडियो)

देउकृष्ण लिंखा याक्खाको निर्देशनमा रेखा फिचर्ड ‘यो जुनी’ सार्वजनिक (भिडियो)


infotainment प्रकाशित मिति : बुधबार, कार्तिक २९ २०८०

काठमाडौं । फिल्म निर्माता एवं कलाकार देउकृष्ण लिंखा याक्खाको निर्देशनमा नयाँ गीत ‘यो जुनी’को भिडियो सार्वजनिक भएको छ । नेक्स्ट जेनेरेशन इन्टरटेन्मेन्ट प्रालिको प्रस्तुति रहेको ‘यो जुनी’ गीतलाई भर्सटाइल गायक राजेश पायल राई र शान्ति श्री परियारले स्वरबद्ध गरेका छन् ।

खिर बहादुर लिम्बू ताम्लीको शब्द तथा रुपक जीमी याक्खाको संगीत रहेको यस गीतलाई महाराज थापाले एरेञ्ज गरेका हुन् । स्टुडियो किंगमा सुरेश राईले रेकर्ड गरेका गीतलाई राजु कार्कीले मिक्सिंग मास्टरिंग गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा अभिनेत्री रेखा लिम्बु र सुकचन्द्र थापा फिचर्ड छन् । भिडियोमा उनीहरुलाई नुमा माबुहांग लिम्बु, अजय जीमी याक्खा, रवि किरण मादेन, रेनुका गुरुंग, खिर बहादुर लिम्बु ताम्ली, सीता लिम्बु ताम्ली, संगीत लिम्बू ताम्ली, सुवास श्रेष्ठ तथा बाल कलाकार लुंगमा ताम्ली लिम्बु र कोहिनूर ताम्ली लिम्बूले साथ दिएका छन् ।

गीतको सार अनुसार निर्देशक देउकृष्णले भिडियोलाई उत्कृष्ट बनाउने प्रयास गरेका छन् । जहाँ फूलको पर्व तिहारमा एक चेलीले आफ्नो दाजुभाईलाई टीका लगाइदिने विषयबस्तुलाई प्रस्तुत गरिएको छ । भिडियोलाई सुजन श्रेष्ठले छायांकन तथा सम्पादन गरेका हुन् ।

पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा ब्यस्त रहेका देउकृष्णले केही दिन अगाडि मात्र गायिका अनु चौधरी र न्युसन राईको आवाजमा ‘भुँई सोरी’ सार्वजनिक गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend