Logo २०८१ चैत्र १२ बुधबार
माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री दाहाल

माओवादीलाई उपयोग गर्ने कल्पना नगर्दा हुन्छ : प्रधानमन्त्री दाहाल


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन २१ २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीलाई कसैले उपयोग गर्न नसक्ने बताउनुभएको छ ।
उहाँले माओवादी कहिल्यै पनि उपयोग नहुने स्पष्ट पार्नुभयो । सहिद सप्ताहअन्तर्गत सहिद प्रतिष्ठान नेपालले आज आयोजना गरेको ‘शान्ति प्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति’ प्रधानमन्त्री दाहालले माओवादीको आफ्नै गतिशील पहिचान रहेको स्पष्ट पार्नुभयो ।

“साँचो कुरा हो, माओवादी सिद्धान्त र विचारका दृष्टिकोणले जमेको पोखरी जस्तो गरेर बस्ने होइन, गड्गडाउँदो नदीजस्तो बग्छ”, प्रधानमन्त्री दाहालले भन्नुभयो, “निरन्तरतामा रमाएर स्थिरतामा बस्न सक्दैन । निरन्तरतामा क्रमभङ्ग गर्दै नयाँ परिस्थिति सिर्जना गर्दै अगाडि बढ्ने शक्ति हो ।”

सहिद सप्ताहको अन्तिम दिन अर्थात् सुखानीमा सहादात भएको दिन निरन्तरतामा क्रमभङ्ग भएको उल्लेख गर्दै प्रधामन्त्री दाहालले भन्नुभयो, “माओवादी नेपाली जनताको घोडा हो, अरु कसैको घोडा होइन ।” आजको दिनमा जे कुरा भएको त्यो सानो कुरा नभएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो परिवर्तनलाई राम्रोसँग बुझ्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “सबै क्रान्तिकारी एकताबद्ध हुनुपर्ने आवश्यकता छ, खिइँदै, सुक्दै जानु भएन, यो हुँदैन ।” प्रक्रियावादीले आफूलाई घेरा हाल्दै आएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले निरन्तर परिवर्तनका पक्षमा लाग्ने स्पष्ट पार्नुभयो । सहिद सप्ताहको अन्तिम दिन सबैले एकताबद्ध हुने अठोट गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “क्रान्तिकारीले ठूला कुरा गर्नेभन्दा सबै एक ठाउँमा हुने बाटो खोजौँ, त्यो वैज्ञानिक हुन्छ, त्यो क्रान्तिकारी हुन्छ ।”

आफूले समाजवादी मोर्चामात्र नभएर बृहत्तर कम्युनिष्ट एकताको पहल गरिरहेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सहिदका सपना पूरा गर्नका लागि दुष्मनका घेराबन्दी तोड्दै अगाडि बढ्ने अठोट व्यक्त गर्नुभयो ।

क्रान्तिको बाटो सोझो नहुने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले भन्नुभयो, “मानिस दुई खुट्टाले हिँड्नुपर्छ, कहिले दायाँ र कहिले बायाँ खुट्टा अगाडि जान्छ, माक्र्सवाद भनेको गन्तव्यमा पुग्नका लागि दुई खुट्टाले हिँड्नुपर्छ ।”

नेपालले वैज्ञानिक र सन्तुलित भू–राजनीतिक परराष्ट्र नीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले दाहालले त्यसका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राष्ट्र र जनताप्रति आफू जिम्मेवार भएर अगाडि बढ्ने स्पष्ट पार्नुभयो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend