Logo २०८१ फाल्गुन १ बिहिबार
चुम्मा चपक्कैमा गम्भीर र गरिमा

चुम्मा चपक्कैमा गम्भीर र गरिमा


infotainment प्रकाशित मिति : सोमबार, फाल्गुन २८ २०८०

काठमाडौं । गायक वसन्त थापा र गायिका सुमी पराजुलीको स्वरमा रहेको गीत ‘चुम्मा चपक्कै’ को भिडियो सार्वजनिक भएको छ । गीतमा प्रदीप प्रखर पोखरेलको शब्द, कृष्ण भारद्वाजको संगीत र एरेन्ज तथा जीवन बडुको मिक्सिङ र मास्टरिङ छ ।
भिडियोमा गम्भीर विष्ट र गरिमा शर्मा फिचर्ड छन् । भिडियोमा गम्भीर र गरिमालाई रोमान्टिक भावमा देख्न सकिन्छ । उनीहरु एकअर्काप्रति निकै खुलेका छन् ।

गम्भीर र गरिमासँगै कोरसहरुलाई जातीय भेषभुषामा आकर्षक देखिएको छ ।गम्भीर विष्टको निर्देशन रहेको भिडियोमा विमला तामाङको मेकअप, कुसुम बुटिकको पहिरन, नवराज उप्रेतीको छायांकन, प्रविण भट्टको कलर र सम्पादन तथा पुनम श्रेष्ठको कोरियोग्राफी छ ।

भिडियो द डिभाइन म्यूजिकबाट सार्वजनिक गरिएको हो । गायिका सुमी पराजुली नेपाली गायनमा सम्भावना बोकेकी गायिका हुन् । त्यस्तै गायक वसन्त थापा विशेषतः नेपाली लोकगीतमा परिचित नाम हुन् । उनका थुप्रै गीत बजारमा आइसकेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend