महान शहिद लखन थापा मगर
महान शहिद लखन थापा मगर
आफु जलेर शोषन दमनको विरोधमा उत्रियौ
निरंकुश सासन र सामन्तवादीहरुलाई
धुलो चट्टाउन चट्टान बनेर लड्यौ॥
दविएका हामी मुलवासीहरुको ,
मुक्तीको ख़ातिर सौ
हक अधिकारको निम्ती
जहानीय राणा शासन विरुद्ध ,
स्पात बनी डटेर लड्यौ
कती उच्च तिम्रो शाहास
महान शहीद लखन थापा ॥
कती उच्च तिम्रो विचार
महान शहीद लखन थापा मगर ॥
शिक्षाको ज्योती छेकी दिने
साधरन जनताका सन्नततीहरुलाई
पाठसालाको आँगन बाट बन्चित राख्ने अनि
अन्धकार र अति साघुरो घेरामा कोचारेर राख्ने एकात्मक घृणित सासन विरुद्ध
मेघ बनि गर्जीयौ
महान शहिद लखन थापा मगर ॥
आधीवासी तथा दलितहरु
नत पढ़न पाउथे नत उपचार नै पाउथे
एकहोर खच्चड झै जोताउथे
र परीश्रम गर्ने मेसिन झै प्रयोग गर्थे
यस्तै अमानविय एकपक्षिय कालों सासन बिरुद्द
विद्रोहको आवज उठाने
एक साहसी वीर पुरुष हो
महान शहिद लखन थापा मगर ॥
छुवाछुत र विभेदकारी
निरंकुश अत्याचारी शासन विरुद्ध
जुरमुराउदा जुर्मुराउदै
ज्यानको आहुती दिने
शरीर चिरेर नुन चुक दल्दा पनी
आत्म समर्पण नगरी मुक्तीको खातीर
मरेर पनी बाचीरहने कुसल बाटो रोज्ने
कुसासनको जंझिर तोडेर
उत्पिडित जनताहरुलाई अगाडी बढाउन
आफु फासीमा हिसीहासी झुन्डिन तयार
महान शहिद लखन थापा मगर
हरेक तिम्रो योगदानका गाथाहरु
तिमीले कोरेका रक्तिम इतिहासहरु
सदा सदा अमर रहनेछन
वर्षौ देखी दविएका आधीवासीहरु
जिउदो लास बनाएर कजाउदै आएका
हाम्रो आदिम पुर्खाहरु
अनी
भुमिपुत्र मुलबासीहरुको
आखाको पट्टी खोली दिने महान शहिद लखन थापा ॥
मगर तिम्रा हरेक योगदानलाई
हर इतिहासले सम्मान गरीरहने छ
तिम्रो शाहसी कदम र विचारलाई
उच्च मुल्यंकन गरीरहने छ
महान शहीद लखन थापा मगर
तिमीलाई सधै
सगरमाथा झै अटल र उच्च सम्मान ॥
महान शहीद लखन थापा मगर
हार्दिक श्रद्धा सुमन ॥
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट