तस्वीरमा १७औं बज्रागुरु कार्यक्रम

सम्पुर्ण मानव जगत र प्राणिहरुको हित तथा विश्व शान्तिको कामना गर्दै १७ औं बज्रगुरु दुङ्क्ष्युर [(तुङ्ग्युर) दश करोड ] मन्त्रजप कार्यक्रम मिति २०८० चैत्र ३ गते देखि २०८० चैत्र १२ गतेसम्म हुनेछ।
धर्मडाडा शेर्पा समाजको मुल आयोजनामा सोलुखुम्बु जिल्ला, थुलुङ दुधकोसी गाउँपालिका वडा नं ९ स्थित देक्षेन छ्योलिङ गोन्पा कुरिममा बज्रागुरु कार्यक्रम भैरहेको छ ।
बौद्ध धर्मावलम्बीहरुको परम पूज्यनीय धर्मगुरुहरु ३२ औं क्याब्जे ठुल्सिक रिन्पोछे अवतारी ङवाङ जिग्मे ठिन्ले कुन्ख्याब रिन्पोछे, ज्यासा गोन्पाका प्रमुखलामा ङिमा सङ्पो रिन्पोछे, सेर्लो गोन्पाका प्रमुखलामा टुल्कु पेमा थर्छिन रिन्पोछे, सेङ्दा टुल्कु रिन्पोछे, हलेसी गोन्पाका प्रमुखलामा लामा कर्म रिन्पोछे, खेन्पो, लोपेन र विभिन्न जिल्लाका गोन्पाहरुबाट ३५० भन्दा बढी भिक्षु भिक्षुनीहरु साथै २०० भन्दा बढी श्रदालु भक्तजनहरुका उपस्तिथिमा सुरु भएको छ ।
बज्रागुरु कार्यक्रम उद्घाटन मिति २०८० चैत्र ३ गते सोलुखुम्बु जिल्ला प्रदेश (१) प्रदेश संसद गोम्बु कार्ज्याङ शेर्पा, थुलुङ दुधकोशी गाउँ पालिकाका प्रमुख अशिम राई, उपप्रमुख सविता राई लगायत स्थानीय जानप्रतिनीधिको सहभागिता रहेको आयोजक समितिको महासचिव आङ गोम्बु शेर्पाले जानकारी दिनु भयो ।
ज्यासा गोन्पाका प्रमुखलामा ङिमा सङ्पो रिन्पोछे र सेङ्दा टुल्कु रिन्पोछे कार्यक्रम अवधिभर रहनेछ भने कार्यक्रमको समापनमा साङ्गे राङ्ज्युङ रिन्पोछे पाल्नुहुने पनि आयोजकले जानकारी दिनु भएको छ ।