Logo २०८१ भाद्र ३१ सोमबार
न्यूयोर्कमा ONF को कार्यक्रमलाई मन्त्रीद्वारा सम्बोधन

न्यूयोर्कमा ONF को कार्यक्रमलाई मन्त्रीद्वारा सम्बोधन


infotainment प्रकाशित मिति : मंगलबार, चैत्र ६ २०८०

१७ मार्च २०२४ आईतबार, प्रबासी नेपाली मंच, अमेरीका (ONF-USA) को पहल र न्यूयोर्क राज्य कमिटिको सकृयतामा नेपाल सरकारका महिला, बालबालीका एवं जेष्ठ नागरीक मंन्त्री माननीय भगबती चौधरीको प्रमुख आतिथ्यतामा न्यूयोर्कमा रहेका ५३ संस्थाहरूको १०३ जना सदस्यहरूको सहभागीतामा बृहत अन्तरकृया कार्यक्रम सम्पन्न भयो ।

न्यूयोर्क स्थित संयुक्त राष्ट्र संघको मुख्यालयमा आयोजित CSW-68 औ महासभामा नेपाल सरकारको नेतृत्व गर्दै न्यूयोर्क आउनु भएका नेकपा एमालेका केन्द्रिय सदस्य एवं नेपाल सरकारका महिला, बालबालीका तथा जेष्ठ नागरीक मन्त्री माननीय भगबती चौधरीले नेपालको समसामयिक परिस्थिति, नेपाल सरकारको भुमीका र आगामी कार्यदिसा सम्बन्धमा बिस्तृत जानकारी गराउनु भयो । कार्य्रक्रमका बिशेष अतिथि नेकपा एमाले स्थायी कमिटि सदस्य सभासद डा. बिन्दा पान्डेले CSW को ६८ औ महासभा र यसमा नेपालका सरकारी एवं गैरसरकारी संघ सस्थाबाट सहभागीहरूको भुमीकाको बारेमा स्पष्ट पार्दै नेपालबाट सहभागी हुन आउनु हुने सहभागीहरूको भुमीका थप बिषय केन्द्रित हुनु पर्ने सुझाब सहित आफ्नो भुमीका र अनुभब बताउनु भयो । अन्तरकृया कार्यक्रममा नेकपा एमाले पोलिटब्यूरो सदस्य सभासद शान्ता चौधरीले नेपालमा आफु १८ बर्षसम्म कमलरी बसेको अनुभव बताउदै आफ्नो संधर्षपुर्ण जिबनमा जेल्नु परेका पिडा, नेपालको संबिधानसभा सदस्य हुदा र आफुले पाएको जिम्मेवारी निर्बाह गर्दा भोगेको अनुभब सुनाउदै संयुक्त राष्ट्रसंघ सम्मको यात्राका अनुभव र देखिएका सुधार गर्नु पर्ने पक्षहरूको बारेमा बताउदै न्यूयोर्क आयोजित कार्यक्रमा सबै राजनितिक आस्थाका नेताहरू, सबै संघ संघ संस्थाका प्रमुख एवं प्रतिनिधहरू एउटै स्थानमा सहभागी भई सबै यो कार्यक्रममा सहभागीता भएकोमा अत्यन्तै खुसी ब्यक्त गर्नु भयो । प्रबासी नेपाली मंच, अन्तराष्ट्रिय अध्यक्ष संजय थापाले समग्र संगठन बिस्तारको अभियान र प्रबासमा प्रबासी नेपाली मंचको राष्ट्रिय र अन्तराष्ट्रिय भुमीकाको सन्दर्भका बारेमा बताउनु भयो भने ONF अमेरीकाका अध्यक्ष कृष्ण लामिछानेले कार्यक्रम आयोजनाको उदेस्य, कार्यक्रम तयारी एवं ब्यबस्थापन सहित अतिथिहरूको समायोजन गरी ONF अमेरीकाको लक्ष्य र कार्यनितिका बारेमा सहभागी एवं अतिथिहरूलाई जानकारी गराउदै कार्क्रमको संयोजन गर्दै अतिथिहरूलाई स्वागत गर्नु भएको थियो ।

अन्तरकृया कार्यक्रमा संयुक्त राष्ट्र संघ (UN) का लागि नेपालका स्थाई प्रतिनिधि महामहिम राजदूत लोक बहादुर थापा, अमेरीकाका पुर्ब राजदुत डा. अर्जुन कार्की, नेकपा एमाले सुदुर पस्चिम प्रदेस कमिटि सदस्य सरास्वती नेपाली, युबासंघ नेपालका प्रबक्ता निरोज पौडेल लगायत United Nations को कार्यक्रमा आउनु भएका नेपाल सरकारका सचिब एवं अन्य प्रतिनिधिहरूको उपस्थिती रहेको थियो भने न्यूयोर्क स्थित जनसम्पर्क समितिका महासचिब मुन्नेन्द्र नेवाड्ग, न्यूयोर्क Democratic Club का अध्यक्ष ज्ञानल थापा, न्यूयोर्क मेयरका सल्लाहाकार नबराज केसी, जमैका नेपाली समाजका उपाध्यक्ष पुस्कर खनाल, रिजउड नेपाली सोसाइटीका अध्यक्ष राजेस भट्ट, NRNA NY Chapter उपाध्यक्ष लक्ष्मी थापा, जनजाती महासंघका महासचिब दिपक चौधरी, जनजाती महासंघ महिला उपाध्यक्ष ममता राई, Lion Clun of Queens KTM की अध्यक्ष रक्ष्मी शृेष्ठ, हामी गोलबर नेपाली अमेरीका अध्यक्ष सोभाकान्त पान्डे, न्युयोर्क अध्यक्ष बिरेन्द्र जंग केसी, सेर्पासंघ अमेरीका अध्यक्ष एपी सेर्पा, कलाकार महासंघ अध्यक्ष बसन्ती राई, कास्की समाजका अध्यक्ष डम्बर जंग गुरूड्ग, ONF Intl सल्लाहाकार फुरी सेर्पा, पर्यटन दुत प्रदिप शृेष्ठ र केशब राम राई लगायत ५३ सस्थाका प्रतिनिघी एवं पत्रकारहरूको सहभागीता रहेको थियो ।

न्यूयोर्कमा अबस्थित अधिकार संस्थाकी कार्यकारी निर्देसक नर्बदा क्षेत्रीले समग्र अमेरीकामा नेपालीले भोग्नु परेको समस्या र अधिकार संस्थाले गरेको सामाजिक एवं कानुनी सहयोगको बारेमा बबताउनु भयो भने जनजाती महासंघका अध्यक्ष तोरण गुरूड्ग, NRNA का क्षेत्रिय संयोजक आड० छिरिड० शेर्पा, NRNA NY पुर्ब सचिब बासु लामिछाने, गोरखाली समाज अमेरीकाका अध्यक्ष खाम भट्ट, ONF NY राज्य कमिटिका सहसचिब शम्भु राई, अन्तराष्ट्रिय तामाङ परिषद् -उपमहासचिव लाक्यन लामा, ONF अन्तराष्ट्रिय कमिटि सदस्य एवं महिला बिभाग प्रमुख कुन्ती थापा, महादेस सदस्य अशोक कार्की, धादिड्ग समाजका सदस्य सागर अधिकारी लगायतका सहभागीहरूले बिभिन्न समस्यका पासपोष्ट नबिकरण, भिषा प्रकृयामा कठिनाई, दोहोर नागरिकता, गैर आबासिय नागरीकता, नेपालमा चलिरहेको सरकार परिबर्तनको अबस्था र प्रभाब, जनजाती प्रतिको हेराई र संघियता कार्यान्वयनमा देखिएको अन्योलता एवं जनगुनासो, नेपालमा खोलीने डलर Account, युवा एवं प्राबिधिक ज्ञान, सिप र क्षमता भएका नेपालीहरूलाई नेपालमा नै राख्ने र बिदेसमा रहेका यस्ता क्षमताबान नेपालीलाई नेपाल फर्काउने सन्दर्भमा अतिथिलाई प्रस्न गर्नु भएको थियो ।

सहभागीहरूबाट जिज्ञास एवं सुझाबहरूका सन्दर्भमा कार्यक्रममा प्रमुख अतिथि माननीय मन्त्री भगबती चौधरी, अतिथिहरू डा. बिन्दा पान्डे र शान्ता चौधरीले सबै जिज्ञासा मेटाउनु भएको थियो ।

ONF न्युयोर्क राज्य कमिटिका उपाध्यक्ष गोपी ढुड्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रम ONF NY राज्य कमिटि सचिब बलभद्र खडायतले संचालन गर्नु भएको थियो भने छोटो समयमा नै आयोजित अन्तरकृया कार्यक्रममा सहभागी ५३ संघ सस्थाका प्रमुख एवं प्रतिनिधहरू, प्रमुख एवं बिशेष अतिथिहरूलाई अत्यन्तै महत्वपुर्ण भनाई र सहभागीताका लागि ONF USA उपसचिब एवं ONF उत्तर-पुर्बी ईन्चार्ज कृष्ण आचार्यले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend