Logo २०८१ मंसिर २६ बुधबार
कान्ति बाल अस्पतालमा सास्ती: एमआरआई गर्न महिना कुर्नुपर्ने, जनशक्ति थप्न माग

कान्ति बाल अस्पतालमा सास्ती: एमआरआई गर्न महिना कुर्नुपर्ने, जनशक्ति थप्न माग


infotainment प्रकाशित मिति : शुक्रबार, चैत्र १६ २०८०

काठमाडौं । देशभरकै बालबालिकाको उपचार केन्द्रका रुपमा कान्ति बाल अस्पताल प्रशासनीक एवं व्यवस्थापकीय कमजोरीले भद्रगोल स्थितीमा पुगेको छ । कान्ति बाल अस्पतालमा एमआरआई, सीटी स्क्यान, एक्सरे लगायतका सेवा दिन आवश्यक जनशक्ति नभएपछि यस्तो स्थिती पुगेको हो ।

जनशक्ति अभाव र अव्यवस्थितीका कारण काम गरिरहेका डाक्टर, नर्स, टेक्निसियन लगायत कर्मचारीहरुलाई नै काम गर्न कठिनाइ भइरहेको बताइएको छ ।

एमआरआई गर्न एक महिना कुर्नुपर्ने

अस्पतालमा एमआरआई गर्नका लागि एक महिना कुर्नुपर्ने स्थिती बनेको छ । गत पुसमा अस्पतालमा एमआरआई विभाग थपिए पनि जनशक्ती नथपिँदा आवश्यकता अनुसार एमआरआई हुन सकेको छैन । बेहोस गराएर एमआरआई गराउँनु पर्दा दैनिक २ बालबालिकाको मात्रै एमआरआई हुने अवस्था छ ।

“धेरै बालबालिकालाई बेहाश गराएरै एमआरआई गर्नुपर्छ । तर बेहोश गराउने डाक्टर नहुँदा दैनिक २ जनाको मात्रै हुन्छ । त्यसकारण एक महिना कुर्नुपर्ने अवस्था बनेको छ,” कान्ति बाल अस्पताल स्रोतले भन्यो ।

आपतकालीन अवस्थामा अस्पताल आउँने बच्चाले यसकारण समयमै सेवा नपाइरहेको अस्पतालको सम्बन्धित विभागमा कार्यरत व्यक्तिको भनाइ छ ।

“आईसीयूको बिरामी बच्चाले समेत एमआरआई गर्न नसक्ने स्थिती छ । अर्कातिर कान्तिमा सात÷आठ हजारमा एमआरआई हुन्छ, नीजिमा गर्दा पन्ध्र÷बीश हजार लाग्छ,” उनले भने ।

सीटी स्क्यान र एक्स रेमा गर्न पनि शास्ती

अस्पतालाम बिरामी बालबालिकाको सीटी स्क्यान गर्न समेत शास्तीको अवस्था रहेको बताइएको छ । करिब १२ वर्षदेखि प्रयोगमा रहेको मेसिन हटाएर गत कात्तिकयता नयाँ मेसिनबाट अस्पतालमा सीटी स्क्यान भइरहेको छ ।

तर, गत फागुनदेखि उक्त मेसिन पनि बिग्रिएर बिरामी बच्चाको सीटी स्क्यान गर्न समेत शास्ती भएको छ ।

मेसिन बनाउँन खोज्दा जुन उपकरण बिग्रिएको भनिएको थियो, त्यो राम्रो भेटिएपछि अझैं बन्न सकेको छैन । एक्स रे गर्नसमेत एउटा मेसिन बिग्रँदा घण्टौं कुर्नुपर्ने अवस्था रहेको बताइएको छ ।

फार्मेसिमा उस्तै

अस्पतालको फार्मेसीमा समेत औषधि नभएको अवस्था रहेको अस्पतालमा कार्यरतहरु बताउँछन् ।

“दश औषधि डाक्टरले लेखिदियो भने २ वटा अस्पतालको फार्मेसीमा मिल्छ ८ वटा बाहिर किन्न जानुपर्छ,” अस्पतालमा कार्यरत व्यक्तिले भने,“भर्ना रहेको बिरामीका लागि भनिएको फार्मेसी त सुत्ने कोठा बनाइएको छ ।”
अस्पतालमा सामान्य अपरेशन गर्न पनि एक वर्ष कुर्नुपर्ने स्थिती रहेको उनको भनाइ छ ।

आमनागरिकलाई मर्का

देशको दुरदराजबाट आफ्ना शिशुदेखि नाबालकको उपचारका लागि कान्ति अस्पताल पुग्नेले त्यहाँ झनैं तनाव झेल्नुपने अवस्था बनेको छ ।

“एमआरआई गर्न एक महिना कुर्नुपर्छ । सीटी स्क्यानका लागि पनि उस्तै समस्या छ । छटपटाइरहेको बच्चतलाई सकीनसकी निजी अस्पताल लैजानुपर्ने अवस्था सिर्जना गरिएको छ,” ती व्यक्तिले भने ।

समाधान के?

अस्पतालको प्रमुख नेतृत्वको लापरबाहीका कारण कान्ति बाल अस्पताल समस्याग्रस्त बनेको उनीहरुको भनाइ छ ।
“अस्पतालको नेतृत्वले चाहेमा सुधार नहुने भन्ने हुुन्छ र?,” ती व्यक्तिले प्रश्न गरे ।

“नेतृत्वलाई मतलब नै छैन । डाक्टर, नर्स, रेडियोलोजिस्ट राख्नुपर्ने ठाउँमा ड्युटी अफिसर भनेर राखेको छ । आफु आनन्द भएर बस्न मिल्छ? आम सर्वसाधरणका बालबालिकाले अव्यवस्थताका कारण दुख पाउँनु पर्छ?” ती व्यक्तिले भने ।

बेहोश गराएरै एमआरआई गर्नुपर्ने बालबालिकालाई बेहोश गराउन एनेस्थेसियाको डाक्टर चाहिने अस्पताल स्रोतको भनाइ छ ।

अपरेशन गर्ने विभागकै डाक्टर आएर एमआरआईका लागि पनि बेहोश गर्नुपर्ने अवस्था छ । यसो हुँदा ती डाक्टरलाई समेत समस्या छ ।

यस्तै रेडियोलोजिस्ट र रेडियोेग्राफरको समेत आवश्यकता रहेको ती व्यक्तिको भनाइ छ ।

“आम नागरिकलाई सेवा दिने हो र अस्पतालप्रतिको जुन विश्वास छ त्यो जोगाउने हो भने एनेस्थेसियाको डाक्टर, रेडियोलोजिस्ट र रेडियोग्राफर तत्काल राख्नुपर्ने अवस्था छ । अन्य धेरै कमी कमजोरीहरु पनि सुधार्नुपर्नेछ,” उनले भने ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend