Logo २०८१ असोज २६ शनिबार
नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ अमेरिका (फिप्ना) को आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल सम्पन्न


infotainment प्रकाशित मिति : आइतबार, चैत्र १८ २०८०

मार्च २८, २०२४ विहिवारका दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित घ्यामेसुल्दो सेवा संस्थाको कार्यालयको सभाहलमा नेपाल आदिवासी जनजाती महासंघ अमेरिकाको आयोजनामा भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रम सम्पन्न भएको छ । महासंघका अध्यक्ष तोरण गुरुंगको अध्यक्षतामा सुरुवात भएको कार्यक्रममा फिप्नाका वरिष्ठ उपाध्यक्ष तुल बहादुर तामाङले स्वागत मन्तव्य राखेका थिए । भने कार्यक्रमको सचांलन महासचिव दिपक चौधरीले गर्नुभएको थियो !

भेटघाट तथा अन्तरक्रियात्मक छलफल कार्यक्रममा प्रमुख अतिथि ललितपुर उपमहानगरपालीका का मेयर चिरी वावु महर्जन , फिप्नाका सदस्य संस्थाका अध्यक्षहरु, सल्लाहकार , नेपाल सरकारका पुर्व पर्याटन सदभावना दुत केशव राम राई ,एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्ल , नेपाली अमेरिकन कलाकार सघंकी अध्यक्ष वसन्ती राई शेर्पा केदुक यु एस ए का जनेरल सेकरीटरी साङ दोर्जे शेर्पा ,हेलो अमेरीका अन लाईन टि,भी र प्रस्तुता र किरातयाकथुङ चुमलुङ यु एस ए का निवर्तमान अध्यक्ष सुमन थामसुङ ,गुरुङ (तमु) सोसाईटी यु,एस,ए अध्यक्ष ओम गुरुङ,युक्रा युनाईटेड किरात अर्गनाईजेशन अफ अमेरिका न्युयोर्क च्याप्टर अध्यक्ष ममता खालीङ राई ,ओर्ल्ड नेवा गुठठी उपअध्यक्ष र नेपाली अमेरिका समाजका निवर्तमान अध्यक्ष समिर महर्जन , फिप्नाका पुर्व महासचीव र नेवा गुठ्ठी न्युयोर्कको संस्थापक अध्यक्ष आदित्य महर्जन , अन्तरामाईनोरिटी ईम्पावरमेन्ट नेटवर्क यु एस ए ,का अध्यक्ष श्याम कार्की , कबिता ,गित लेखक र सामजिक कार्यकर्ता गिता खत्री , डान्स डाईरेक्टर गोबिन्द राई , शेर्पा केदुकका निवर्तमान अध्यक्ष उर्गेन शेर्पा , तमाङ सोसाईटी निवर्तमान अध्यक्ष छेवाङ तमाङ , सोसियल अक्टिभिष्ठ बिश्णु राणा मगर , कलेज पोईन्ट सिबिक एण्ड ट्याक्सपेयर एसोसियसन अध्यक्ष ,एसियन एडभाईजर काउन्सिल फर, एन वाई सि मेयर एरिक याडम्स हामी नेपाली गोलोवल सेन्टरल पहिलो उपअध्यक्ष नवराज केसी र अन्य अतिथीहरू एवं आमणन्त्रित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

आफ्नो क्षेत्रको जनताको विश्वास जित्न सफल ललितपुर उपमहानगर पालीका का मेयर चिरी वावु महर्जन लतितपुर उपमहानगरपालिकामा ३ पटक सम्म वडा अध्यक्षमा र मेयरमा २ पटक निर्वाचित भएर देश र समाज विकासका लागि आफुले काम गर्दै गर्दा भएको उपलब्धि र चुनोतीको बिषयमा आफ्नो धारणा राख्नु भएको थियो ! साथै उहॅाले सहभागिहरूबाट आएको जिज्ञासालाई समेत प्रष्ट पार्नु भएको थियो !

कार्यक्रमको अन्त्यमा जनजाती महासघंका अध्यक्ष तोरण गुरूङले कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिनुको साथै कार्यक्रम समापन गर्नु भएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend