Logo २०८१ फाल्गुन १ बिहिबार
ब्लड क्यान्सर पिडित गायक बिर्खलाई गायिका पुर्निमाको पहलमा आर्थिक सहयोग

ब्लड क्यान्सर पिडित गायक बिर्खलाई गायिका पुर्निमाको पहलमा आर्थिक सहयोग


infotainment प्रकाशित मिति : सोमबार, बैशाख ३ २०८१

चर्चित गायिका पुर्णिमा लामाको पहलमा देश तथा बिदेशबाट आर्थिक सहयोग संकलन भएको थियो । ब्लड क्यान्सर रोगसँग लडिरहेका कलाकार बिर्ख बिस्वकर्माको निम्ति गायिका लामाले आर्थिक सहयोग संकलन गरेकी थिईन्।गायिका लामा आफैबाट रु १०,००० सहयोग कबोल सहित सहयोगको लागि आग्रह गर्नु भएको थियो । सोहि अनुरुप मनकारी नेपाली दिदी बहिनी र दाजुभाईहरुबाट कलाकार बिर्ख बिस्वकर्माको निम्ति आर्थिक सहयोग गर्नु भएको थियो । जस अनुरुप हाल अमेरिकाको न्युयोर्क, ज्याक्सन हाइट स्थित चर्चित होटेल “नेपाली भान्छा घर” कि संचालिका बिमला हमाल श्रेष्ठबाट अमेरिकी डलर $ ३०० ( हाल प्रचलित बिनिमय दर अनुरप) झन्डै नेपाली रु ४०,००० सहयोग गर्नु भएको थियो ।

आफै पनि कलाकार समेत रहेकी होटल संचालिका बिमला हमाल श्रेष्ठ न्युयोर्क स्थित नेपाली व्यवसायी मध्यको अत्यधिक सफल व्यवसायी हुन्।यसैगरि हाल जापनको टोकियो अवस्थित लामो समय देखि BANZAI IZAKAYA नामक रेस्टुरेन्ट सन्चालन गर्दै आउनु भएका दिपेन्द्र पाठकले पनि जापनिज यान ¥ १५,००० सहयोग गर्नु भएको थियो भने उक्त रेस्टुरेन्टका म्यानेजर रेनु डल्लकोटी बाट पनि जापनिज यान ¥ ५,००० सहयोग गर्नु भएको थियो । यसैगरि हाल अमेरिका रहनु हुने लोक गायक बुद्धिमान घिसिङ बाट अमेरिकी डलर $ २००, तामाङ समाज न्युयोर्कका निवर्तमान अध्यक्ष बिनिता तामाङबाट अमेरिकी डलर $ ५०, हाल अमेरिका बस्नु हुने राम कुमार श्रेष्ठबाट अमेरिकी डलर $ ५०, र हाल जापान निवासी समाजसेवि इशोर अधिकारीबाट जापानीज यान ¥ ५००० सहयोग प्राप्त भएको थियो । हाल सम्म प्राप्त सहयोग रकम रू १११,७७१|_ ( एक लाख एघारा हजार सात सय एकहक्तर ) रुपैयाँ संकलन भएको थियो । उक्त संकलित आर्थिक सहयोग चर्चित गायिका पुर्णिमा लामाले K6 Nepal र YV Nepal नामक मिडियाको रोहबरमा पीडित बिर्ख बिस्वकर्मालाई हस्तान्तरण गरिएको थियो । गायिका लामा द्वारा सम्पुर्ण सहयोगी मनहरुलाई धन्यवाद ब्यक्त गर्नु भयो भने पिडित बिर्ख बिस्वकर्माले पनि सहयोगी सबैमा सम्मान प्रकट गर्नु भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend