Logo २०८१ फाल्गुन १ बिहिबार
यस्तो बन्यो कृष्ण र इन्द्रकला राईको आवाजमा ‘जाम जाम पोखरा’ (भिडियो)

यस्तो बन्यो कृष्ण र इन्द्रकला राईको आवाजमा ‘जाम जाम पोखरा’ (भिडियो)


infotainment प्रकाशित मिति : सोमबार, असार ११ २०८१

काठमाडौं । केही दिन अगाडि मात्रै गायिका पूर्णिमा लामाको आवाजमा ‘चोखो माया गर्छु भन्थ्यौ’ गीत ल्याएका गायक एवं संगीतकार कृष्ण राईले पुनः नयाँ गीत सार्वजनिक गरेका छन् । गायक राईले पूर्वेली गीत ‘जाम जाम पोखरा’ सार्वजनिक गरेका हुन् । गायक राईलाई ‘हितैको माया’ गीतकी गायिका इन्द्रकला राईले साथ दिएकी छन् ।

सार्वजनिक गीतमा पूर्वेली ठिटोको लम्जुंगे गुरुंगसेनीसँगको माया पिरतीलाई प्रस्तुत गरिएको छ । उत्तम पौडेलको शब्द रहेको ‘जाम जाम पोखरा’ गीतलाई गायक राई आफैले कम्पोज गरेका हुन् । कृष्ण भक्त राईले एरेञ्ज गरेका गीतलाई राजु कार्कीले मिक्सिंग मास्टरिंग गरेका हुन् ।

करिब दुई साता अगाडि मात्रै सार्वजनिक भएको ‘चोखो माया गर्छु भन्थ्यौ’ गीतले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । ‘जाम जाम पोखरा’ले पनि दर्शक श्रोताहरुको राम्रो साथ पाउनेमा गायक राई विश्वस्त छन् । त्यसोत, गायक राईकौ ‘मै पनि हजुर पूवैको ठिटी’, ‘जिन्दगी काट्ने पिरती’, ‘उडी जाने वनचरी’लगायतका गीतहरु हिट छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend