Logo २०८१ साउन ६ आइतबार
युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाद्धारा (UKROA) उभौलि ग्राण्ड साकेला तथा वार्षिक साधरण सभा सम्पन्न

युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाद्धारा (UKROA) उभौलि ग्राण्ड साकेला तथा वार्षिक साधरण सभा सम्पन्न


infotainment प्रकाशित मिति : आइतबार, असार १७ २०८१

प्रकृति र पितृपुजक किरात राईहरुको महान् चाड उभौली ८ जुन २०२४ शनिबारका दिन न्युयोर्क शहरको क्युन्सब्रिज पार्कमा केन्द्रिय स्तरको ग्राण्ड साकेला आयोजना गरी (UKROA)को यसवर्षको उभौली साकेलाको सम्पूर्ण सेलेब्रेसनका कार्यक्रमहरु सम्पन्न गरेको छ । केन्द्रीय अध्यक्ष जय थुलुङ्ग राईको अध्यक्षतामा सम्पन्न उक्त ग्राण्ड साकेला समारोहका प्रमुख अतिथी सोक्रानी दानपात (Asian affairs NY mayor advisor) र बिशेष अतिथी FIPNA अध्यक्ष तोरण गुरुङ हुनुहुनथ्यो।

त्यस्तैगरी आमन्त्रित अतिथीहरुमा पूर्व अध्यक्षहरु शिव कुमार राई, प्रभाकर राई, बिष्णु राई, खालिङ समाजका अध्यक्ष मकर खालिङ, केपकोड नेपाली समाजका अध्यक्ष केवी राई, बरिष्ठ नृत्य निर्देशक गोविन्द राई, चर्चित नृत्याङ्गाना पार्वति राई, भुटनिज् किरात राई अर्गनाईजेसन ह्यारिसवर्ग च्याप्टरका अध्यक्ष ढाक राई, महासचिव एम.बि चाम्लिङ लगायत समाजका लब्धप्रतिष्ठित ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो।केन्द्रीय ग्राण्ड साकेलाको संयोजक समेत रहेकी न्यूयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङ्ग राईले स्वागत मन्तव्य मार्फत सहभागी सम्पुर्ण महानुभावहरुलाई कार्यक्रममा स्वागत गर्नुभएको थियो।

 

प्रमुख अतिथी सोक्रानी दानपात (Asian Affairs NY Mayor advisor) र विशेष अतिथी FIPNA अध्यक्ष तोरण गुरुङ्गले उभौलीको उपलक्ष्यमा शुभकामना सन्देश दिनु भएको थियो। ग्राण्ड साकेला समारोहलाई अध्यक्षता गरिरहनु भएका युक्रा केन्द्रीय अध्यक्ष जय थुलुङ्ग राईले उभौलीको शुभकामना दिनुहुदै कार्यक्रमलाई भब्यरुपमा सफल बनाउन अरोरात्र खट्नु हुने केन्द्र र च्याप्टरहरुका प्रतिनिधीहरु, युवा स्वयमसेवक तथा उपस्थित किरात तथा गैरकिरात दाजुभाईदिदीबहिनीहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।

अध्यक्ष राईले संस्थाको उभौली सेलेब्रेसन कार्यक्रमहरुको बारेमा बोल्नहुदै भन्नुभयो- साकेलामा पुर्खाहरु र सिमेभुमेको पुजा गरिनेहुँदा, वनजंगलकै समिपमा रहि साकेला सिली नाच्दै, यो पुजा सम्पन्न गरिनुपर्ने हुन्छ, त्यसैले मौसमको अनकुलतालाई हेरी यस वर्षको उभौली साकेला सेलेब्रेसनको प्रारम्भ ११ मेई २०२४, टेक्सस् राज्यको Villages of Bear Creek parkway, Euless मा TAF च्याप्टरबाट प्रारम्भ गरिएको थियो।त्यस्तैगरी DMVP च्याप्टरले १९ मेई,२०२४ मा Patapsco Valley State park Elliot City, Maryland मा सेलेब्रेसन गरेको थियो।अन्य दुई च्याप्टरहरु क्यालिफोर्निया र न्यु ईङ्गल्याण्डले भने १ जुन २०२४ शनिवारका दिन क्रमस Kennedy Grove Regional Recreation Area El Sobrante, California र New castle commons park, New Hampshire मा भब्यरुपमा उभौली मनाएको जानकारी गराउनु भएको थियो।नक्छुङ्ग पदम बहादुर राईले विधीवत रुपमा प्रतिस्थापित साकेलाथानको पुजा गरी कार्यक्रम प्रारम्भ गरिएको उक्त ग्राण्ड साकेला समारोहमा युक्राका पाँचवटै च्याप्टरहरुबाट सहभागी हुन आउनु भएका किरात राई बन्धुहरु साँस्कृतिक भेषभूषा र गरगहनामा सजिएर हर्सोल्लाका साथ उपस्थित देखिन्थे। भुटनिज किरात राई अर्गनाईजेसन पेन्सीलभेनिया च्याप्टरबाट २५ जनाको समुहमा पूर्ण साँस्कृतिक भेषभूषामा सजिएर सिली नाँच प्रस्तुत गर्न आउनु भएका साँस्कृतिक समुहको प्रस्तुति निकै सुन्दर रहेको थियो।उक्त साँस्कृतिक समुहलाई United Kirat Rai organization of America (UKROA)ले सम्मान र सम्झनाको निम्ती प्रसंशा पत्र र ताम्रपत्र प्रदान गरेको थियो।

त्यस्तै गरी नेपाली लोक संस्कृतिको प्रबर्दनमा उल्लेखनिय योगदान दिईरहनु भएकी चर्चित नृत्याङ्गना पार्वती राईलाई पनि सम्मान पत्र प्रदान गरेको थियो।भुटनिज किरात राई अर्गनाईजेसनको साँस्कृतिक समुह र UKROA न्यूर्योक च्याप्टरले तयार पारेको सिली नाच प्रस्तुति पश्चात ग्राण्ड साकेलामा सहभागी सबैले गोलाकारमा सिली नाच्दै भव्य रुपमा उभौली मनाएका थिए।कार्यक्रमको संचालन गरिरहनुभएका केन्द्रीय महासचिव मुक्ति नारायण राईले च्याप्टरहरुले बिभिन्न शहरहरुमा आयोजना गरी सम्पन्न गरेको उभौली सेलेब्रेसनका बारेमा बिस्तृतरुपमा यसरी बताउनु भएको छ। UKROA TAf Chapter: (शनिवर)११ मेई २०२४, टेक्सास् राज्यको युलेसमा सम्पन्न युक्राको यस वर्षको पहिलो उभौली साकेलाका प्रमुख अतिथी FIPNA अध्यक्ष तोरण गुरुङ्ग र विशेष अतिथी केन्द्रीय अध्यक्ष जय थुलुङ्ग राई रहनुभएको थियो।आमन्त्रित अतिथीहरुमा पूर्व अध्यक्षहरु शिव कुमार राई, मुना राई, केन्द्रीय उपाध्यक्षद्धय कुसुम राई र केशवराम राई, अग्रज आजीवन सदस्य जानकी राई, सांस्कृतिक अभियन्ता गणेश राई (गरचा) लगायत स्थानिय संघ सस्थाका अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।TAF च्याप्टरका अध्यक्ष दमकाजी राईको अध्यक्षतामा सम्पन्न उक्त उभौली साकेलाको प्रारम्भ संस्थाका अग्रज आजिवन सदस्य जानकी राईले विधीवत रुपमा पुजा गरी गर्नुभएको थियो।

संसारभरी छरिएर रहेका किरात राईहरु समान आध्यात्मिक र साँस्कृतिक विरासतका अनुयायी र एउटै वंशजका हाँगाविंगा हुन, भन्ने सँन्देश दिनको निम्ती भौतिक र कानुनीरुपले किरात बन्धुहरुको सम्बन्धरहने राष्ट्रहरुको सम्मानमा कार्यक्रमको प्रारम्भमा सम्बन्धित देशहरू नेपाल, भुटान र अमेरिकाको राष्ट्रिय गान बजाइएको थियो।TAF च्याप्टरको कार्यक्षेत्रमा स्थायी बसोबास गर्नुहुने मनी राई, नविन राई, प्रनिता राई, हेम राई, पुकार राई, प्रशंसा राई, करुणा राई, गौरब राई र अमुल राईलाई UKROA परिवार भित्र नयाँ सदस्यको रुपमा संस्थाको औपचारिक सदस्यता प्रदान गर्दै सँस्थापक अध्यक्ष शिव कुमार राईले स्वागत गर्नुभएको थियो।माथि उल्लेखित UKROA का नयाँ सदस्यहरु मध्ये पुकार राईले आजिवन सदस्यता लिनु भएको छ। UKROA DMVP च्याप्टरः १९ मेई २०२४, शनिवारका दिन Patapsco Valley State park मा पूर्व अध्यक्ष मिलन राईको प्रमुख अतिथ्य तथा DMVP च्याप्टर अध्यक्ष समिता राईको अध्यक्षतामा उभौली साकेला सम्पन्न भएको थियो। केन्द्रीय उपाध्यक्ष कुसुम राई, अग्रज आजिवन सदस्य जानकी राई, पूर्व अध्यक्ष मुना राई लगायत स्थानिय अग्रज व्यक्तित्वहरुको उपस्थिती रहेको थियो। बालबच्चा, युवा र प्रौडहरुको उत्साहजनक उपस्थिती रहेको उक्त उभौली साकेलामा गोलकार घेरामा सामुहिक सीली नाँची रमाईलोपुर्वक उभौली चाड मनाइएको थियो। कार्यक्रमको सँचालन च्याप्टर महासचिव सरिता राईले गर्नु भएको थियो। UKROA New England Chapter:-

जुन १, २०२४, शनिवार, न्यूह्याप्सायर राज्यको न्यू क्यासल कमन्स् पार्कमा च्याप्टर अध्यक्ष कर्ण राईको अध्यक्षतामा सम्पन्न यसवर्षको च्याप्टर उभौली साकेला कार्यक्रमका प्रमुख अतिथी केन्द्रीय अध्यक्ष जय थुलुङ्ग राई, विशेष अतिथी NRNA पूर्व अध्यक्ष शिव कुमार राई र अतिथीहरुमा NHNC अध्यक्ष लाक्पा शेर्पा, NRNA NH च्याप्टर अध्यक्ष कमल ढुंगाना, केपकोड नेपाली समाजका अध्यक्ष केवी राई, Lions Club NH का अध्यक्ष शम्भु गुरुङ्ग, NH दिदी बहिनी संघका अध्यक्ष किरण गुरुङ्ग, NRNA ICC को बोर्ड मेम्वर छत्र कुमारी गुरुङ्ग, UKROA का पूर्व अध्यक्ष तथा साकेलाथान परियोजनाका संयोजक विष्णु राई , केन्द्रिय महासचिव मुक्ति नारायण राई, कानुनी सल्लाहकार सुरेश चाम्लिङ्ग, संस्थापक सदस्य धौलवीर राई, भुटनिज् किरात राई अर्गनाईजेसन NH अध्यक्ष शुक राई र NHNC का पूर्व अध्यक्ष मीन गौतम लगायत समाजका अग्रज व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो। च्याप्टर उपाध्यक्ष शेखर राईले स्वागत मन्तव्य तथा प्रमुख अतिथी जय थुलुङ्ग राई र अतिथीहरु NHNC नेपाली समाजका अध्यक्ष लाक्पा शेर्पा र NRNA का पूर्व महिला कोअर्डिनेटर सुन्दरी गुरुङ्गले शुभकामना मन्तव्य दिनुभएको थियो।

साकेलाथान परियोजना संयोजक विष्णु राईले साकेला संस्कृति र किरात सभ्यताको बारेमा बोल्नु हुंदै UKROA ले आफनो ड्रिम प्रोजेक्टको रुपमा अगाडी बढाईरहेको यस परियोजनाको प्रगति विवरणमाथी पनि प्रकाश पार्नु भएको थियो।साथै यो प्रोजेक्टमा सहयोग गर्नुहुने किरात राई बाहेकका अन्य समुदायका सदस्यहरुलाई सम्मान पनि गर्नु भएको थियो । सम्मान प्राप्त गर्नहुने महानुभावहरुमा सबैभन्दा धेरै $२५०० डलर सहयोग गर्नुहुने लाक्पा शेर्पालाई ताम्रपत्र प्रदान गरिएको थियो।जनही $५०० डलर सहयोग गर्नुहुने मीन गौतम र शम्भु गुरुङ्गलाई दोसल्ला ओडाई सम्मान गर्नुभएको थियो। शुभकामना आदानप्रदानको औपचारिक कार्यक्रम पश्चात रुखको फेदमा प्रतिस्थापित साकेलाथानमा संयोजक विष्णु राईद्धारा पुजा गरि उभौली सोकलाको प्रारम्भ गरिएको थियो।वोष्टन, कनेटिकट , न्यूह्याम्पसायर र केपकडबाट साँस्कृतिक भेषभूषामा सजिएर आएका सहभागीहरुले हर्सोल्लास पूर्वक सुन्दर सीली नाँच प्रस्तुत गर्दै भव्य रुपमा उभौली मनाईएको थियो।कार्यक्रमको अन्त्यतिर युवा तथा वालवालिकाको एकल प्रस्तुतिको रुपमा ज्योज्युलुङग राई र चन्द्र राईले मिठो गित प्रस्तुत गरेका थिए, भने सुनैना राई र सोनिया राईले सुन्दर नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप रोचक बनाएका थिए। कार्यक्रमको संचालन च्याप्टर महासचिव राकेश कुमार राईले गर्नुभएको थियो ।UKROA California Chapter:-

 

जुन १ , २०२४, शनिवार कै दिन CA Chapter ले पनि च्याप्टर अध्यक्ष जोरवीर राईको अध्यक्षतामा क्यालिफोर्नियाको Kennedy Grove Regional Recreation Area मा भव्य रुपमा उभौली साकेला सम्पन्न गरेको छ। UKROA का संस्थापक सदस्य तेज राई प्रमुख अतिथी रहनु भएको उक्त उभौली साकेलामा पूर्व केन्द्रिय उपाध्यक्ष धनश्याम राई , राम राई लगायत समाजका अन्य अग्रज व्यक्तिव्यहरुको उल्लेख्य उपस्थिती रहेको थियो। किरात राईहरुको साँस्कृतिक भेषभूषा, गरगहना र दैनिक जीवनमा प्रयोग हुने प्राचिन कृषी औजार तथा बाजाहरुको प्रदर्शनी स्टल समेत राखिएको थियो।सदा झै यस वर्ष पनि सिमेभुमेको पूजा गरी साकेला भव्य रुपमा मनाईको जानकारी उक्त कार्यक्रमका संचालक समेत रहनु भएका च्याप्टर महासचिव टक्सन राईले जानकारी दिनु भएको छ।

UKROA को वार्षिक साधरण सभा:- उभौलि ग्राण्ड साकेलाको अघिल्लो दिन ७ जुन, २०२४ शुक्रबार, न्युजर्सि राज्यको क्राउन प्लाजा होटलको सभाहलमा युनाईटेड किरात राई अर्गनाईजेसन अफ अमेरिकाले (UKROA) आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको छ। केन्द्रिय अध्यक्ष जय थुलुङ्ग राईको अध्यक्षता, संस्थापक सदस्य शिव कुमार राईको प्रमुख आतिथ्यता र पुर्व अध्यक्ष प्रभाकर राईको विशेष आतिथ्यतामा सम्पन्न उक्त वार्षिक साधारण सभामा संस्थाको गतिविधी, आयव्याय र प्रगति विवरणमाथि छलफल र वहस गर्दै, आगामी योजनाहरुको सम्बन्धमा नितीगत निर्णयहरु समेत गरिएको थियो। न्युयोर्क च्याप्टरकी अध्यक्ष ममता खालिङगले स्वागत मन्तब्य र न्युईङ्गलैण्ड च्याप्टर अध्यक्ष कर्ण राई , TAF च्याप्टर अध्यक्ष दमकाजी राईले संस्था संचालनको निम्ति अपनाउन सकिने रचनात्मक सुझाव र विचारहरु राख्नुभएको थियो।च्याप्टर महासचिवहरु राकेश राई र बद्री राईले (संन्तोष) च्याप्टरहरुको वर्षभरीको क्रियाकलाप र गतिविधीहरु प्रस्तुत गरेका थिए, भने क्यालिफोर्नियाबाट आउनु भएकी करिश्मा राईले शुभकामना मन्तब्य दिनुभएको थियो। संस्थाको सम्पूर्ण वार्षिक आर्थिक प्रतिवेदन च्याप्टरहरुको तर्फबाट च्याप्टर कोषाध्यक्ष चन्द्र कुमार राई र केन्द्रको तर्फबाट केन्द्रिय कोषाध्यक्ष राजन कुथुमी राईले क्रमैसँग प्रस्तुत गर्नुभएको थियो।

UKROA को ड्रिम प्रोजेक्ट साकेलाथान निर्माण अभियानको संयोजक विष्णु राईले किरात राईहरुको आध्यात्मिक जिवन र सांस्कृतिक पक्षमा साकेलाको महत्व र जनविस्वासको सन्दर्भमा चर्चा गर्नुहुदै संस्थाले चलाईरहेको अभियानमा जोडिन सबैमा अपिलगर्नु भएको थियो। संयोजक राईले दाताहरुलाई खदा लगाई सम्मान पनि गर्नुभएको थियो।वार्षिक साधारण सभाको अध्यक्षता गरिरहनुभएका केन्द्रीय अध्यक्ष जय थुलुङ्ग राईले बिभिन्न विषय र तहमा अध्यायन पुरा गरी दिक्षित भएका विध्यार्थीहरु सुभाना राई (क), सुभाना राई (ख), आदर्श राई, बिबेक राई, ज्योजोलुङ्ग राई, कुशल राई, निश्चल राई, श्रृष्टी राई, सुजन राई, पवना राई, केशव राई, पुकार राई, प्रमोद राई, सविना राई र बिशन राईलाई संस्थाको तर्फबाट बधाई तथा शुभकामना दिनुहुदै ट्रफी प्रदान गर्नुभएको थियो।साथै वार्षिक साधारण सभालाई सफल बनाउन अरोरात्र खट्नु हुने केन्द्र र च्याप्टरहरुका प्रतिनिधीहरु, युवा स्वमसेवकहरु तथा उपस्थित किरात बन्धुहरुमा धन्यवाद ज्ञापन गर्नु भएको थियो।वार्षिक साधारण सभाको संचालन केन्द्रिय महासचिव मुक्ति नारायण राईले गर्नु भएको थियो।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend