Logo २०८१ साउन ६ आइतबार
नक्छुंग/दुवांग सम्मान कार्यक्रम सम्पन्न

नक्छुंग/दुवांग सम्मान कार्यक्रम सम्पन्न


infotainment प्रकाशित मिति : आइतबार, असार १७ २०८१

खोटांग जिल्ला खोट्टेहाङ्ग गाउपालिकामा हालै पालिका भरिको ३४ जना किराती हरुको चुला पुज्ने नक्छुंग, २ जना झारफुक गर्ने धामी र २ जना नक्छुंग हरुको सहयोगी मुन्दुमविज्ञ तोकाया हरुलाई सम्मान गरिएको छ/ युनाइटेड किरात राईअर्गनाइजेसन अफ अमेरिकाको संयोजनमा किरात राई यायोखा खोट्टेहाङ्ग गाउपालिकाको ब्यबस्थापनमा गरिएको कार्यक्रमको प्रमुख अतीथी पालीका अध्यक्ष उदिम बहादुर राई र बिशेष अतीथी उपाध्यक्ष रुपेश राई हुनु हुन्थ्यो/खोटांग बजार स्थीत पालीका परिसरमा भएको उक्त कार्यक्रमको संयोजनकारी भूमिकामा अर्गनाइजेसन अफ अमेरिकाको सल्लाहकार सुरेश चाम्लिङ्ग हुनु हुन्थ्यो।

उक्त कार्यक्रममा किरात धर्म संस्कार परम्परा रिति रिवाजलाई आफ्नो मुन्दुमी अलौकिक शक्ति र ज्ञानद्वारा समाजमा अनवरत रुपमा सेवा पुर्याउनु हुने नक्छुंग दुवांग हरुलाई किन सम्मान गर्नु पर्ने बारेमा वक्ता हरुले जोड दिनु भएको थियो, संयोजक सुरेश चाम्लिङ्गले नक्छुंग हरु रातभरी धामी बस्नु पर्ने दिउसो काम गर्नु पर्ने हुनाले उहा हरुको स्वास्थ्य,परिवार र आर्थिक अवस्था समेत संकटमा परेको हुदा राज्यले प्रोत्साहन गर्नु पर्ने बताउनु भयो, यहि अवस्था रहेमा नया धामी हरु ननिस्कने र केहि वर्ष भित्र नै किराती राई हरुको कुल पित्र गर्ने नक्छुंग हरुको अभाव खड्किने कुरा बताउनु भयो।

प्रमुख अतीथी उदिम बहादुर राईले गाउँ पालीकाले पनी यो पाटोमा सोचेको र के कति प्रोत्साहन भत्ता दिन सकिन्छ, आगामी बजेटमा छलफल गरि सम्बोधन गर्ने कुरा बताउनु भयो।उहाले नक्छुंगहरुको पारिश्रमिक पनी निर्धारण गर्नु पर्ने आवस्यकता बताउनु भयो/झारफुक गरेको,सानो (जाप) धामी बसेको, र ठुलो धामी बसेको पारिश्रमिक तोकिनु पर्ने बारेमा छलफल गरिने प्रतिवद्दता व्यक्त गर्नु भयो। बिशेष अतीथी उपाध्यक्ष रुपेश राईले किराती राई हरुले झारफुक भन्दा पनी मुन्दुम जोगाउनु संस्कार जोगाउनु गारो परि रहेको कुरा बताउनु भयो/ खोट्टेहाङ्गको ९ नम्बर वार्डमा धामी नै छैन। अन्य किराती समुदाय भएको स्थानमा पनी धामी संकट भै रहेको छ। अन्य खस आर्य हरुको गुरुकुल पढ्ने बिद्यालय छ,उहा हरुको पण्डितको समस्या हुन्न तर किरातीको यो पुस्ता पछि धामीको संकट पर्ने र किराती संस्कार धरापमा पर्ने कुरा औल्याउनु भयो।उक्त सभामा बिभिन्न राजनीतिक दलको प्रतिनिधिहरु एमालेबाट अम्बर बहादुर बस्नेत, वार्ड अध्यक्षको तर्फबाट तिलक बस्नेत, रास्वपाको प्रदिप आचार्य,नक्छुंगहरुको तर्फबाट दशरथ राइले आ-आफ्नो मन्तब्य राख्नु भएको थियो  ।स्वागत मन्तब्य युवा ब्याबसायी जीवन राइले गर्नु भएको थियो भने सभाको अध्यक्ष किरात राई यायोखा खोट्टेहाङ्ग अध्यक्ष बिशाल राईले गर्नु भएको थियो,उहाले सभाको बिसर्जन गर्नु हुदै अमेरिकाबाट खोटांग आएर यो कार्यक्रम गरिएकोमा अर्गनाइजेसनलाई धन्यवाद व्यक्त गर्नु भयो/उद्घोषण कवि तथा साहित्यकार इन्द्र नार्थुङ्गेले गर्नु भएको उक्त सम्मान कार्यक्रममा उपस्थित हुनु हुने नक्छुंग हरुलाई सम्मान पत्र,फेटा,अर्गनाइजेसनको लोगों अंकित टि सर्ट, एक चिण्डो रक्सी र नगद रु ५०००/- ले सम्मान गरिएको थियो। कार्य व्यस्तताले अनुपस्थित हुने नक्छुंग हरुलाई सम्मान पत्र र रु १०००/- घर मै पठाई दिने भनी पालीका अध्यक्ष लाई हस्तान्तरण गरिएको थियो।

सम्मान हुने हरु वार्ड न १ का नक्छुंगहरु सन्तोष राई, सुमन राई, लोक नाथ राई,पदम बहादुर राई, बिष्णु कुमार राई,मदन राई,टिका प्रसाद राई,निर बहादुर राई हुनु हुन्थ्यो।वार्ड न २ बाट देउ मान राई, राम कुमार राई,विशन राई,सुन्धिमाया राई,गोधुमान राई, सगुन राई,जित बहादुर तामांग,र सोम बहादुर तामाङ्ग हुनु हुन्थ्यो। वार्ड न ३ बाट बम बहादुर राई, बाग बहादुर राई,बाल धन राई र राजन राई हुनु हुन्थ्यो।वार्ड न ४ बाट ध्यान बहादुर राई हुनु हुन्थ्यो।वार्ड न ५ बाट जेस्ठ नक्छुंग शक्ति राज राई,गणेश बहादुर राई,खिम बहादुर राई ,बासु देव राई हुनु हुन्थ्यो/वार्ड न ६ बाट जीवन राई, दशरथ राई, बिमला राई,कृष्णा राई(छालिमा), दिपेश राई र तोकाया हरु राम भक्त राई र रण कुमार राई हुनु हुन्थ्यो।वार्ड न ७ बाट बिष्णु राई हुनु हुन्थ्यो/ वार्ड न ८ बाट बाग धन राई,राज कुमारी राई ,अगम सेर राई (ठोट्ने)र अगम सेर राई (गैरी )हुनु हुन्थ्यो, -खोटांग बाट राकेश चाम्लिङ्ग राई,

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend