Logo २०८२ जेष्ठ ८ बुधबार
केदारको मुस्तागंमा छायांकन गरिएको टाढा टाढाको चर्चा

केदारको मुस्तागंमा छायांकन गरिएको टाढा टाढाको चर्चा


infotainment प्रकाशित मिति : शनिबार, असार २३ २०८१

काठमाडौँ । गायक केदार बरुवाल क्षेत्रीको स्वर तथा संगीत रहेको टाढा टाढा बोलको गीतको भिडियो रिलिज गरिएको छ । हाल अष्ट्रेलियामा बस्दै आएका गायक बरुवालकै शब्द शृजना रहेको ढाढा टाढामा एक प्रेमील जोडीको प्रेम, रोमान्स र विरहको कथालाई देखाइएको छ । कहिल्यै नछुट्टीने वाचा कसम खाएको प्रेमील जोडीको यो रोमान्टिक प्रेम कथालाई निर्देशक केशवराज भट्टले निर्देशन गरेका हुन् । जहाँ सुन्दरी मोडल शोफी धरेल र ह्याण्डसम मोडल प्रभात पल ठकुरी गज्जबसँग खुलेका छन् ।

कहिल्यै नछुट्टीने कसम खाएको यो जोडी एकाएक छुट्टीनु पर्दाको वियोगान्त गाथालाई साडे ७ मिनेटको भिडियोमा फिल्मी शैलीमा देखाइएको छ । कुनै एक रोमान्टिक फिल्मको प्रेम कहानी हेरेको जस्तै महशुस हुने टाढाटाढा हिमाल पारीको जिल्ला मुस्तागंका रमणीय दृश्यहरुका कारण झनै विशेष बनेको बताउँछन् गायक तथा संगीतकार बरुवाल । जुन गीतलाई गीतकार समेत रहेका बरुवालले कोरोना महामारिको समयमा क्वारेन्टाइनमा बस्दा
सृजना गरेका हुन् । उनले नेपालबाट अष्ट्रेलिया फर्किए लगत्तै क्वारेन्टाइन बस्ने क्रममा सिर्जना गरेका थिए । जुन अहिले आएर भिडियोका रुपमा तपाई हम्रा सामु छ । रमन बज्राचार्यको एरेन्ज रहेको सार्वजनिक गीतको छायांकन उत्सब दाहाल गरेका हुन् भने सम्पादन दिलशन शाहले गरेका हुन् । भिडियो गायक बरुवालकै अफिसियल च्यानल केदार बरुवाल क्षेत्रीबाट रिलिज गरिएको हो । गायक क्षेत्रीले यसअघि गाजलु, जब तिमी, कति थियो सपना, एक पल तिमी नहुँदा, आँखैमा गाजल लगायत दर्जन बढी गीत बजारमा ल्याइसकेका छन् । हेर्नुहोस् प्रेम, रोमान्स र विरहले भरिको यो मर्मस्पर्शी गीतको भिडियो

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend