Logo २०८१ चैत्र १२ बुधबार
लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रुनुको के अर्थ रिलिज, भिडियोको सर्वत्र चर्चा

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रुनुको के अर्थ रिलिज, भिडियोको सर्वत्र चर्चा


infotainment प्रकाशित मिति : बुधबार, असार २७ २०८१

काठमाडौं । लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा रुनुको के अर्थ बोलको गीतको अफिसियल म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतमा रोशन सिंहको संगीत छ भने बिनोद सुन्दासको शब्द रहेको छ । गीतमा एरेन्ज बिशाल निरौलाको छ भने मिक्ट मास्टरिङको काम कुमार रानाले गरेका छन् ।

गीतको भिडिओमा मोडल बिमल अधिकारी, आर.बी पुन र प्रितिका शर्माको मुख्य अभिनय रहेको छ । प्रेम कथाको गीतको भिडिओमा प्रितिकाको प्रेममा बिमल र आर.बी पछि लागेको देखाइएको छ । भिडिओले चोखो मायाको जित भएको सन्देश दिइएको छ ।

मोडल बिमलले यसअघि पनि झण्डै दर्जन म्युजिक भिडिओमा अभिनय गरेका छन् । उनी एकदशक देखी मोडलिङ क्षेत्रमा छन् । यस्तै आर.बी भने यो क्षेत्रका लागी नयाँ हुन् । उनले यसै म्युजिक भिडिओबाट डेब्यु गरेका हुन् । रहरको क्षेत्र भएकाले उनले मोडलिङमा हात हालेको बताएका छन् । साथै आगामी दिनमा पनि अन्य भिडिओमा मोडलिङ गर्ने बताउँछन् । साथै मोडल प्रितिकाले पनि यसअघि केहि म्युजिक भिडिओमा काम गरिसकेकी छिन् ।

भिडिओलाई बिनोद सुन्दासले निर्देशन गरेका हुन् भने प्रकाश खड्काले खिचेका हुन् । सम्पादनको काम भने अमृत चापागाईंले गरेका छन् । सुन्दास फिल्मस्बाट सार्वजनिक अडियो भिडियोलाई बिमल अधिकारी अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend