यी हुन् गायिका पुर्णिमा लामाका मिलियन भ्यूज कटेका गीतहरू
काठमाडौँ – डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका हुन् पुर्णिमा लामा । हिरोइन जस्तै सुन्दरी यी गायिकाको स्वरमा नलट्ठिने फ्यान सायदै होलान् । गल्छी गाउँपालिका ७ मछेडीखोला, धादिङकी पुर्णिमा लामा नेपाली गीत संगीत क्षेत्रकी चर्चित गायिका हुन् । नेपाली गीत संगित क्षेत्रको एक चम्किलो तारा पुर्णिमा सानै उमेर देखि नेपाली गीत संगीत क्षेत्रमा दरिलो खम्बाको रूपमा स्थापित छिन् ।
गायिका लामाको आवाजमा यो वर्ष मात्रै दर्जनौँ गीति सङ्ग्रह सार्वजनिक भए । जुन गीतहरूले राम्रो चर्चा बटुली रहेका छन् । उनका मुटु जली खरानी भो , फूल भनौँ जिन्दगीलाई’ धेरै माया नगर्नु यहाँ कसैलाई, जस्ता चर्चित गीतहरू लाखौँ दर्शक तथा श्रोताको मन–मनमा बस्न सफल छन् । छोटो समयमै गायन क्षेत्रमा आफ्नो नाम स्थापित गर्न सफल गायिका हुन् पूर्णिमा । कसैले जीवनभर लामो समय संघर्ष गर्दा पनि सफलता हासिल गरेका हुँदैनन् । त्यस अर्थमा उनी सफल र भाग्यमानी ठान्छिन् ।
उनले गाएका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका चर्चित गीतहरूले युट्युबमा मिलियन भ्यूज पाएका गीतहरू हुन् ।यस्तै ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ लगायत उनका थुप्रै गीत चर्चामा छन् । पूर्णिमाका लागि संगीत नशा हो । सबैभन्दा नजिकको साथी हो । उनका लागि संगीत सुन्दर चीज हो । कुनै पनि काम संगीतबिना अपुरो नै हुन्छ ।
‘संगीत मेरा लागि कर्म, धर्म हो । सधैँ अनुशासन पालना गरेर अगाडी बढ्नेछु । खान लाउन नपाए पनि यसैमा समर्पित हुनेछु ।’ उनी भन्छिन्, ‘गीत संगीतबाट घर बनाउँछु, पैसा कमाउँछु भन्ने छैन । तर, यसैमा समर्पित हुन मन छ ।’ उनी आफूलाई भाग्यमानी ठान्छिन् ।
पूर्णिमाले महत्वकांक्षा बोकेकी छैनन् । उनी गीत, संगीतमै रमाउन, जीवन बिताउन चाहन्छिन् । देश तथा विदेशमा समेत चर्चित गायिका पुर्णिमा सांगीतिक कार्यक्रमहरूमा पनि उत्तिकै व्यस्त छिन भने उनी हालै मा सांगीतिक कार्यक्रमको सिलसिलामा दुबई र बहराइन पुगे फर्किएकी हुन् ।
प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबाट गायिका लामा एपिक संगीत रत्न सम्मानबाट सम्मानित भइसकेकी छिन् । त्यस्तै चौथो एपिक नेपाल म्युजिक अवार्ड २०७९ मा एपिक संगीत रत्न सम्मान पत्र सहित ३३ हजार ३३३ रुपैयाँ नगद पुरस्कार प्राप्त गरेकी छिन् ।उनले पाँचौँ राष्ट्रिय राप्ती म्युजिक अवार्ड २०७३ सर्वोत्कृष्ट नवगायिका, पहिलो नेपाल म्युजिक अवार्ड २०७५ सर्वोत्कृष्ट नव गायिका, ११ औँ बिन्दबासिनी म्युजिक अवार्ड २०७७ सर्वोत्कृष्ट गायिका सुगम संगीत, नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०७८ सर्वोत्कृष्ट गायिका सुगम संगीत लगायत दर्जनौँ अवार्डहरू हात पारिसकेकी छिन् ।उनले हङकङ, कोरिया, कतार लगायत दर्जनौँ देशहरूमा समेत आफ्नो साँगितिक प्रस्तुति दिइसकेकी छिन् ।