Logo २०८१ भाद्र ३१ सोमबार
‘बुलाकी’ कर्णालीको सांस्कृतिक ऐना होः पूर्व मन्त्री शक्ति बस्नेत

‘बुलाकी’ कर्णालीको सांस्कृतिक ऐना होः पूर्व मन्त्री शक्ति बस्नेत


infotainment प्रकाशित मिति : मंगलबार, भाद्र ४ २०८१

काठमाडौं । पूर्व गृह तथा उर्जा मन्त्री शक्ति बस्नेतले गत शुक्रबारबाट प्रदर्शनरत नेपाली चलचित्र ‘बुलाकी’लाई कर्णालीको सांस्कृतिक तथा सामाजिक दर्पण बताएका छन् । आइतबार राजधानीको विश्वज्योति हलमा आयोजित विशेष प्रदर्शनीमा फिल्म हेरिसकेपछि बस्नेतले यो फिल्मले कर्णालीको सांस्कृतिक पक्षलाई यथार्थ चित्रण गरेको बताए ।

‘म आफु पनि कर्णालीको मान्छे, चलचित्र हेरिरहँदा गाउँघरमै पुगेको जसरी नजिकपन महसुस भयो, त्यहाँको स्थानीय रहनसहन र जनजीवनलाई विशिष्ट तरिकाले उठान गरिएको पाएँ, बस्नेतले भने, आजको दिनमा पनि छिटफुट रहिरहेको जारी प्रथा र छाउपडी प्रथाको वास्तविकता यो चलचित्रले बोलेको छ, प्रस्तुति उत्कृष्ट छ ।’ किताबमा पढ्न पाइने इतिहासलाई पर्दामा यसरी जीवन्त ढंगले प्रस्तुत गरिँदा नेपाली समाजको एक समयको कालखण्डलाई दर्शकको माध्यमबाट पर्दामा हेर्न पाउनुलाई अबसर भन्दै छुटाउन नहुने उनको भनाइ छ ।

हिजोको दिनमा मूल प्रवृतिको रूपमा रहेको सामाजिक पक्षलाई आजको पुस्ताले नजिकबाट पर्दामा हेर्न पाउने अबसर प्रदान गरेकोमा बस्नेतले ‘बुलाकी’ निर्माण टिमलाई बधाइ दिए । ‘सम्पूर्ण कलाकारहरूको अभिनय जीवन्त लाग्यो, चलचित्रले उठाएको कथा र यसको प्रस्तुति अब्बल छ, उनले भने , ‘बुलाकी कर्णालीको सजीब चित्रण हो ।’ चलचित्र निर्माण पक्ष र कलाकारको अभिनयमा शब्द खर्चिएका बस्नेतले विगतको अवस्था परिवर्तनको बाटोमा रहेको भन्दै परिवर्तन र आधुनिकताको नाममा इतिहासलाइ भने विर्सिन नहुने बताए ।

गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘बुलाकी’ले समिक्षक तथा दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ । लक्ष्मण सुनारको निर्देशनमा बनेको
यो चलचित्रमा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट प्रमुख अभिनयमा छन् । छत्रेश्वरी म्यानेजमेन्ट प्रालीको ब्यानरमा यो चलचित्र बनेको हो । फिल्मले पश्चिम नेपालको विशेषतः कर्णाली र सुदूर पश्चिममा हालसमम पनि विद्धमान जारी प्रथालाई सुन्दर ढंगले उठान गरेको छ । दर्शकबाट प्राप्त ‘वर्ड अफ माउथ’ले फिल्मको आगामी व्यापारले थप मद्धत पुग्ने विश्वास निर्माण टिमको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend