Logo २०८१ भाद्र ३१ सोमबार
यस्तो बन्यो दिपेन क्षेत्रीको निर्देशनमा ‘आई फाउण्ड माई लभ इन क्योतो’ (भिडियोसहित)

यस्तो बन्यो दिपेन क्षेत्रीको निर्देशनमा ‘आई फाउण्ड माई लभ इन क्योतो’ (भिडियोसहित)


infotainment प्रकाशित मिति : बिहिबार, भाद्र ६ २०८१

क्योतो (जापान) । जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको संघर्षको कथा बोकेको लभ सिरिज हो आई फाउण्ड माई लभ इन क्योतो (I Found My LOVE in Kyoto) । यस लभ सिरिजका निर्देशक एवं कथा लेखक हुन् दिपेन क्षेत्री । उनले यस सिरिजको दुई वटा एपिसोड बजारमा ल्याइसकेका छन् ।

दुई एपिसोडबाटै दर्शकहरुको राम्रो साथ र प्रतिक्रिया पाइरहेका निर्देशक क्षेत्रीले अर्को एपिसोडको तयारी गरिहेका छन् । क्योतोको ह्याकुमान्बेनस्थित केसीजीआई (The Kyoto College of Graduate Studies for Informatics (KCGI)) मा अध्ययनरत क्षेत्रीले आई फाउण्ड माई लभ इन क्योतो मार्फत् अन्तराष्ट्रिय विद्यार्थीहरुको संघर्ष, मायाप्रेम तथा सुख दूःखका विषयबस्तुलाई प्रस्तुत गर्ने जमर्को गर्दै आएका छन् ।

क्षेत्रीको सोलो इफोर्टमा बनेको आई फाउण्ड माई लभ इन क्योतोको दोस्रो एपिसोड केही दिन अगाडि मात्रै सार्वजनिक गरिएको छ, जसले दर्शकहरुको राम्रो साथ पाइरहेको छ । निर्देशक क्षेत्रीले आगामी एपिसोडहरु अझ बलियो कथाका साथमा उत्कृष्ट बनाउदै जाने बताएका छन् ।

क्षेत्रीको आफ्नै पनि अभिनय रहेको यस सिरिजमा कञ्चन पहाडी, जाग्रित गौतम, हीना क्षेत्री, नीशा राना मगर, रेणुका चन्द, कूनाथ साली बलराम प्रणभ, विशाल, केशव, प्रियंका उप्रेती, विमल बोहोरा, सारु थापा मगरलगायत फिचर्ड छन् । सबै कलाकारहरु केसीजीआईमा अध्ययनरत विद्यार्थीहरु रहेको पनि निर्देशक क्षेत्रीले जनाएका छन् । सविन भट्टराईले छायांकन गरेका भिडियोलाई निर्देशक क्षेत्री आफैले सम्पादन गरेका हुन् ।

पहिलो एपिसोडः

दोस्रो एपिसोडः

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend