Logo २०८१ असोज २६ शनिबार
सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट गायिका पूर्णिमा लामा सम्मानित

सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट गायिका पूर्णिमा लामा सम्मानित


infotainment प्रकाशित मिति : सोमबार, असोज ७ २०८१

काठमाडौँ । गायिका पुर्णिमा लामा सर्वोत्कृष्ट गायिका अवार्ड २०२४ बाट सम्मानित भएकी छन् । जिवनको यो आफ्नै नाटक बोलको गीतबाट गायिका लामाले आधुनिक तथा पप गायिका बिधाबाट सर्वोत्कृष्ट गायिका बिधाको अवार्ड प्राप्त गर्न सफल भएकी हुन् । नवदुर्गा पार्टी भेन्यु सुकेधारा स्थित आयोजित विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४ समारोहकाबिच उनी सम्मानित भएकी हुन् ।

नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्याउनु भएको योग्दानको उच्च मुल्यांकन गर्दै आयोज कमिटीद्वारा लामालाई खादा माला लगाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो । डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा करिब ७०० भन्दा बढी गीत सार्वजनिक भएका छन् । उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन् गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend