Logo २०८२ असार २६ बिहिबार
आईसीसीसीले चाबहिलमा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया लक्षीत बिद्यार्थीका लागि शैक्षिक मेला गर्दै

आईसीसीसीले चाबहिलमा क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया लक्षीत बिद्यार्थीका लागि शैक्षिक मेला गर्दै


infotainment प्रकाशित मिति : शनिबार, जेष्ठ ११ २०८२

काठमाडौँ । इन्टरनेशनल करिअर काउन्सिलिङ सेन्टर (आईसीसीसी) को चावहिलस्थित शाखामा ‘मल्टिडेस्टिनेशन एजुकेशन फेस्ट-२०२५’ नामक शैक्षिक मेला हुने भएको छ । यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन क्यानडा, बेलायत, अमेरिका र अस्ट्रेलिया अध्ययन सम्बन्धी शैक्षिक मेला हुन लागेको हो । विदेश अध्ययनको योजना बनाएका विद्यार्थीका लागि यो मेला निकै लाभदायी हुने आईसीसीसीले जनाएको छ । यो मेलामा आफ्ना लागि राम्रो शैक्षिक गन्तव्य छनोट, देश र विश्वविद्यालय छनोट गर्ने अवसर तथा शैक्षिक र व्यावसायिक लक्ष्यहरूसँग मिल्ने खालका सुझाव प्राप्त हुने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले बताएका छन् ।

यो मेलाले विदेशको उत्तम शैक्षिक गन्तव्यहरू छनौट गर्न मद्दत गर्ने मात्र नभई विशेषज्ञबाट करियर काउन्सिलिङ, व्यक्तिगत प्राथमिकता, सम्भावना, रुचि र करियर उद्देश्यहरूको आधारमा निर्णय लिन सल्लाह दिनेछ । मेलामा सहभागी विद्यार्थीले विभिन्न खालका छात्रवृत्ति, पूर्वतयारी कक्षामा आक्रषक छुट तथा विभिन्न खालका उपहारहरु पनि प्राप्त गर्ने आईसीसीसीले जनाएको छ ।

यही जेठ १८ गते अथार्त जुन १ तारिखका दिन हुने मेलामा आईसीसीसीबाट अध्ययनका लागि विभिन्न देश गएका बिद्यार्थीहरुसँग भर्चुअल अन्तरक्रियाको समेत आयोजना गरिएको छ । एक्स्ट्रा अडीनरी बिद्यार्थीहरुका लागि उक्त दिन उपस्थित मात्रै भएमा पेड इनटर्नका रुपमा काम गर्न सुनौलो अवसर दिइनेछ । यो ६ महिनाका लागि लागि लागू हुनेछ भने भने बिद्यार्थीले राम्रो काम गरेमा उनीहरुलाई जागिरकै रुपमा आईसीसीसीमा अवसर दिइनेछ । साथै उक्त दिन विभिन्न रोचक खेलहरु समेत खेलाईने आईसीसीसीका प्रवन्ध निर्देशक राम खड्काले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend