Logo २०८२ असार २६ बिहिबार
गायिका निर्मला देवी बस्नेतको तारेमामको चर्चा

गायिका निर्मला देवी बस्नेतको तारेमामको चर्चा


infotainment प्रकाशित मिति : बिहिबार, जेष्ठ २३ २०८२

बहुचर्चित नायक पल शाह र मोडल नारायणी खत्रीले खेलेको दोहोरी गीत तारेमाम यतीबेला चर्चाको शिखरमा छ । सांस्कृतिक सुगन्ध, प्रेमिल दृश्य र मिठो लयले भरिएको यस गीतको भिडियोले सामाजिक सञ्जालमा छोटो समयमा नै उल्लेखनीय लोकप्रियता हासिल गरिरहेको छ। गीतका मोडलद्धय पल र नारायणीको लोभलाग्दो अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । युट्युब, फेसबुक र टिकटकमा यो भिडियो भाइरल बन्दै गएको छ, जहाँ दर्शकले ‘यस वर्षको उत्कृष्ट सांस्कृतिक दोहोरी गीत’ भन्दै प्रशंसा गर्न पनि पछि परेका छैनन् । सार्वजनिक गीतका गीतका गायक हुन् – हिमालयन होटलका सञ्चालक तथा उद्यमी दिनेश उदय । जसले पहिलो पटक दोहोरी गायनमा हात हालेका हुन्। दिनेश उदयको स्वरमा आत्मीयता र स्पष्टता छ, जुन संगीतकार खेम सेन्चुरीले रचना गरेको लयमा गज्जबसँग मेल खाएको छ। चर्चित उद्यमी दिनेश उदयसँगै गायनमा निर्मला देवी बस्नेतको स्वर सुन्न सकिन्छ । पछिल्लो समय चर्चामा रहेकी गायिका निर्मलाको स्वर सुमधुर मात्र होइन, भावपूर्ण पनि छ।

यसअघि उनले गाएको ‘तिमीलाई पछेउरी किन्दिउला’ गीत करोड क्लबमा प्रवेश गरेर चर्चा कमाएको थियो। ‘तारेमाम’ उनको अर्को सशक्त प्रस्तुति बन्ने देखिएको छ। ‘तारेमाम’ गीतको विशेष पक्ष भनेको नेवारी भाषा, भेषभूषा र संस्कृतिको प्रस्तुति हो। शब्दकार नेत्र अर्यालले गीतका हरफहरूमा नेवारी भाषाका विभिन्न शब्दहरू प्रयोग गरेका छन् — ‘तारेमाम’ जस्तै मिठा शब्दहरूले मात्र नभएर, गीतमा बोलिने शैली, भाव र रङ्गले पनि नेवारी संस्कृतिको सुगन्ध फैलिएको छ। गीतको भिडियोमा पल शाह र नारायणी खत्रीलाई नेवारी पोशाकमा प्रस्तुत गरिएको छ। उनीहरूको प्रेमकथा होटलको परिवेशभित्रै विकसित भएको छ, जसले दर्शकलाई परम्परागत शैलीमा आधुनिक प्रेम देख्ने अवसर दिएको छ। गीतको निर्माता पृथ्वी इन्टरटेन्मेन्टका सञ्चालक पृथ्वी थकाली हुन्। उनले पछिल्ला केही वर्षदेखि नेपाली मौलिक संगीतमा लगानी गर्दै आएका छन्। तारेमाम गीतले पनि पृथ्वी इन्टरटेन्मेन्टको सांस्कृतिक संगीतप्रतिको समर्पणलाई पुष्टि गरेको छ।

जसको निर्देशन मौषम हिमालीले गरेका हुन् । भिडियोमा विशेषगरी होटलको भव्यता, भेषभूषा, चरित्रको रसायन र कथाको बहाव सँगसँगै अघि बढाइएको छ। पल शाहको दमदार अभिनय र नारायणी खत्रीको नारीत्वले सजिएको यो प्रेम कथा दर्शकलाई सादगी र सौन्दर्यको बीचको मधुर सन्तुलनमा पुर्‍याउँछ। उनीहरूको आँखा–आँखाको संवाद, मौन हाँसो, र नेवारी भेषमा देखिएको रसायनले दृश्यहरूलाई भावनात्मक बनाएको छ। सार्वजनिक गीतले लोकसंगीतमा फ्युजन, व्यावसायिकता र प्रविधिको युगमा पनि ‘तारेमाम’ जस्तो मौलिक प्रस्तुति दर्शकका लागि ताजगीको अनुभूति हो। यस गीतले नेपाली लोक संस्कृतिको बहुजातीय समावेशीकरणलाई सम्मान गरेको छ, जसले सांगीतिक एकता र संस्कृति संरक्षणमा टेवा पु¥याएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend