Logo २०८२ असार २६ बिहिबार
समिक्षा र मणि कुँवरको बैमानी

समिक्षा र मणि कुँवरको बैमानी


infotainment प्रकाशित मिति : शुक्रबार, असार ६ २०८२

गीतको संसारमा नयाँ तर सशक्त पाइला टेकेका मणि कुवरले आफ्नो पहिलो गीत “बैमानी” सार्वजनिक गरेका छन्। सानै उमेरदेखि गीत(संगीतप्रति गहिरो रुचि राख्दै आएका मणि कुवर व्यवसायमा सफल यात्रापछि अब संगीतमार्फत आफ्ना भावना प्रस्तुत गर्न अगाडि आएका हुन्। मणि कुवर स्वयं यस गीतका लगानीकर्ता हुन् र यस गीतमा आफ्नै स्वरले प्रेमको वेदना पोखेका छन्।

“बैमानी” गीतमा मणि कुवरसँग चर्चित गायिका समिक्षा अधिकारीको स्वर रहेको छ। समिक्षा अधिकारी नेपाली संगीत क्षेत्रमा स्थापित नाम हो जसका दर्जनौं गीत युट्युबमा करोड क्लबमा पुगिसकेका छन्। समिक्षाको आवाज यस गीतमा विशेष रुपमा सुहाएको छ र गीतमा प्रेममा धोका पाउँदाको पीडा झन सजीव भएर उत्रिएको छ।

भिडियो पक्षमा पनि “बैमानी” दर्शकलाई आकर्षित गर्न सक्ने खालको बनेको छ। भिडियोमा लोकप्रिय मोडल ओबी रायमाझी र लोशिना लामिछानेले अभिनय गरेका छन्। ओबी रायमाझी ती मोडल हुन् जसले अभिनय गरेको “कट्टा हान्दिन्छु” भिडियो सुपरहिट बन्न पुगेको थियो र उनलाई थप चर्चा दिलाएको थियो। यस गीतको भिडियोमा पनि उनले प्रेममा धोका पाएका पात्रको पीडा प्रस्तुत गरेका छन् भने लोशिनाको अभिनयले भावनात्मक पक्ष झनै प्रबल बनाएको छ।

भिडियोलाई कुशल निर्देशन बिक्रम चौहानले गरेका छन्। उनी यसअघि पनि थुप्रै हिट म्युजिक भिडियोहरू निर्देशन गरिसकेका छन्। भिडियो सम्पादन मिलन विश्वकर्माको रहेको छ जसले दृश्यहरूलाई थप आकर्षक र मर्मस्पर्शी बनाएका छन्। गीतमा प्रेम थियो, तर सत्य थिएन भन्ने भावनालाई निर्देशक र सम्पादकले उत्कृष्ट रूपमा पर्दामा उतारेका छन्।

यस गीतलाई शुभारम्भ डिजिटल म्युजिक प्रा।लि। ले बजारमा ल्याएको हो। गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया आउन थालेका छन्। मणि कुवरको स्वर, समिक्षा अधिकारीको साथ र मार्मिक शब्दले श्रोता(दर्शकको मन जित्ने विश्वास गरिएको छ।

“बैमानी” प्रेम थियो, तर सत्य थिएन भन्ने शब्दका पीडा बोकेको कथा हो। गीतका शब्दहरूमा चिच्याएको पीडा छ, तर सुनुवाइ छैन। अब त्यो कथा गीतमार्फत दर्शक र श्रोता सामु बोल्दैछ, जसले प्रेममा पाएको घात र वेदनालाई गहिरो महसुस गराउनेछ। मणि कुवरको पहिलो प्रस्तुति भए पनि यसले नेपाली संगीत क्षेत्रमा फरक छाप छोड्ने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend