हेडफोनदेखि स्मार्टफोनसम्म शाओमीले के-के सार्वजनिक ग-यो ?
काठमाडौं, २६ बैशाख । चिनिया स्मार्टफोन कम्पनी शाओमीले शुक्रबार आफ्नो विभिन्न प्रोडक्टहरु भारतमा सार्वजनिक गरेको छ । शाओमीले आफ्नो एमआई १० फ्लागसीप स्मार्टफोनको साथमा एमआई बक्स फोरके सेट टप बक्स र एमआई ट्रु वायरलेस एयरबड्स २ सार्वजनिक गरेको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै फिजिकल इभेन्ट भने आयोजना गरिएन । लामो समयको अन्तरालपछि शाओमीको पहिलो फ्लागसीप नै एमआई १० हो । कम्पनीको एमआई सिरिजको पछिल्लो हाई एण्ड फोन एमआई मिक्स २ थियो, जुन २०१७ मा सार्वजनिक गरिएको थियो ।
शाओमीको पकड भारतमा बजेट र मिड रेञ्ज सेगमेन्टमा निकै लोकप्रिय छ । भर्खरै सार्वजनिक गरिएको एमआई १० मा ९० एचजेड रिफ्रेस रेटको साथमा ६.६७ इञ्च कब्र्ड ओलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८६५ प्रोसेसर दिइएको छ ।
त्यस्तै, १०८ मेगापिक्सलको प्राइमरी क्यामेरा, ४५०० एमएएचको ब्याट्री, ३० वायर्ड र वायरलेस चार्जिंग र फाइभ जी सपोर्ट दिइएको छ । यस स्मार्टफोनको सुरुवाती मूल्य भारतमा ४९,९९९ भारु राखिएको छ ।
एमआई १० सँगै कम्पनीले भारतमा एमआई बक्स फोरके सेट टप बक्स पनि सार्वजनिक गरेको छ । एमआई बक्स फोरके एक सेट टप स्ट्रिमिंग बक्स हो, जहाँ गुगल असिस्टेन्ट दिइएको छ ।
यो एन्ड्रोइड टीभी ९.० माथि चल्छ । यसमा क्वाड कोर प्रोसेर दिइएको छ । त्यस्तै, यसमा बिल्ट इन क्रोमकास्ट फंकशन र फोरके र एचडीआर सपोर्ट दिइएको छ ।
यसले अमेजन फायर स्टिकसँग प्रतिस्पर्धा गर्ने जानकारी गराइएको छ । यसको मूल्य ३,४९९ भारु तोकिएको छ । यो मे ११ बाट विक्री वितरण गरिनेछ ।
यसै अवसरमा कम्पनीले एमआई ट्रु वायरलेस एयरबड्स २ पनि सार्वजनिक गरेको छ । एयरपड्स जस्तो देखिने एयरबड्समा सिंगल चार्जपछि चार घण्टाको ब्याट्री दिइएको छ । चार्जिंग र ब्याट्री दुवै मिलाएर १४ घण्टासम्म काम गर्नेछ ।
यसमा १४.२ एमएमको ड्राइभर्स र इन्टिग्रेटेड सेन्सर पनि दिइएको छ । यसको मूल्य ४,४९९ भारु तोकिएको छ । यो १२ मेबाट विक्री वितरण सुरु गरिनेछ । आज सार्वजनिक गरिएको शाओमीको यी प्रोडक्टहरुलाई नेपाली बजारमा पनि छिट्टै उपलब्ध हुनेछन् ।