सलमान खानको आवाजमा ‘तेरे बिना’ सार्वजनिक (भिडियो)

काठमाडौं, ३० बैशाख । बलिउडका सुपरस्टार सलमान खानको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । सव्वीर अहमदको शब्द तथा अजय भाटियाको संगीत कम्पोजमा सलमान खानको ‘तेरे बिना’ गीतको भिडियो सार्वजनिक गरिएको हो ।

सलमान खानको आफ्नै युट्यूव च्यानलमार्फत् मंगलबार रिलिज गरिएको ‘तेरे बिना’लाई आदित्य देवले एरेञ्ज गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोलाई सलमान खान आफैले निर्देशन गरेका हुन् । साजन सिंहको कोरियोग्राफी रहेको ‘तेरे बिना’ गीतको भिडियोमा सलमान खान र अभिनेत्री ज्याकलीन फर्नाडेज फिचर्ड छन् ।

गीतलाई रितेश सोनीले सम्पादन गरेका हुन् । सुपरस्टार सलमान खानले यस अगाडि पनि कयौं गीतहरुमा आवज दिइसकेका छन् ।