नोकियाको दुई वटा फिचर ह्याण्डसेट सार्वजनिक, यस्ता छन् स्पेसिफिकेसन्स र बजार मूल्य

काठमाडौं, ३१ बैशाख । नोकियाको ह्याण्डसेट बनाउने फिनल्याण्डको कम्पनी एचएमडी ग्लोबलले नोकियाको नयाँ फिचर फोनहरु नोकिया १२५ र नोकिया १५० सार्वजनिक गरेको छ ।
नोकियाको यी दुवै ह्याण्डसेटमा कलर डिस्प्ले दिइएको छ । दुवै फोनलाई सीमित बजारमा सार्वजनिक गरिएको जानकारी गराइएको छ ।

नोकिया १२५ स्पेसिफिकेसन्स :
यस ह्याण्डसेट दुई भेरियन्टमा सार्वजनिक कगरिएको छ । एउटा डिस्प्ले २.४ इञ्चको छ, जुन क्यूभीजीए कलरको छ । अर्को भेरियन्टमा सिंगल सिम अप्शन दिइएको छ । त्यस्तै, अर्कोमा डबल सिम सपोर्टर दिइएको छ ।
नोकिया १२५ मा सिरिज ३० प्लस सफ्टवयर दिइएको छ । यसमा चार एमभीको इन्टरनल मेमोरी दिइएको छ । यसका साथै, चार एमभी रयाम दिइएको छ । यसका साथै वीजीए क्यामेरा पनि दिइएको छ । त्यस्तै, टर्च लाइटको लागि फ्लासको अप्शन पनि दिइएको छ ।
त्यस्तै, नोकिया १२५ मा १,०२० एमएएचको ब्याट्री दिइएको छ, जुन रिमुवेबल हो । यसमा क्लासिक स्नेक गेम पनि दिइएको छ ।
नोकिया १५० (२०२०) स्पेसिफिकेशन :
नोकिया १५० मा २.४ इञ्चको कलर डिस्प्ले दिइएको छ । यसमा पनि ४ एमभी रयाम र ४ एमभी स्टोरेज दिइएको छ । माइक्रो एसडी कार्डको सहयोगमा ३२ जीवीसम्म बढाउन सकिनेछ । यसमा भीजीए रियर क्यामेरा र फ्लास दिइएको छ ।
नोकिया १५० मा पनि सिरिज ३० प्लस सफ्टवेयर दिइएको छ । यसमा फिजिकल किबोर्ड दिइएको छ । त्यस्तै, कनेक्टिभिटीका लागि माइक्रो यूएसभी पोर्ट र ब्ल्यूट्थ लगायतका फिचर्स पनि दिइएको छ । यसमा १,०२४ एमएएच पावरको ब्याट्री दिइएको छ ।
मूल्य :
नोकिया १२५ को बजार मूल्य २४ डलर तोकिएको छ । त्यस्तै, नोकिया १५० (२०२०) बजार मूल्य २९ डलर तोकिएको छ । नेपाली बजारमा भने कहिले सार्वजनिक हुन्छ ? भन्ने विषयमा कुनै जानकारी गराइएको छैन ।