Logo २०८१ बैशाख ६ बिहिबार
ओप्पोको ‘Find X2 Neo’ सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य

ओप्पोको ‘Find X2 Neo’ सार्वजनिक, यस्ता छन् फिचर्स र बजार मूल्य


infotainment प्रकाशित मिति : शनिबार, जेष्ठ १० २०७७

काठमाडौं, १० जेठ । विगत लामो समयदेखि चर्चामा रहेको ओप्पो फाइन्ड एक्स२ नियो (Oppo Find X2 Neo) सार्वजनिक गरिएको छ । फाइन्ड एक्स२ (Find X2)को यस सिरिजलाई शुक्रबार जर्मनीमा सार्वजनिक गरिएको हो ।

ओप्पो फाइन्ड एक्स२ नियो (Oppo Find X2 Neo) फाइभ जी (5G) इनेबल्ड स्मार्टफोन हो । यसमा कब्र्ड डिस्प्ले र ९०एचजेड (90Hz) रिफ्रेस रेट दिइएको छ ।

जर्मनीमा यस स्मार्टफोनको बजार मूल्य ६९९ यूरो तोकिएको छ । ग्राहकहरुले यस स्र्माफोन दुई कलर अप्शनहरु स्टारी ब्ल्यू र मनुलाइट ब्ल्याकमा खरिद गर्न पाउनेछन् । यस स्मार्टफोन नेपाली बजार कहिले सार्वजनिक हुन्छ भन्ने विषयमा कम्पनीले कुनै जानकारी गराएको छैन ।

यस सिङ्गल सिम स्मार्टफोनमा 2,400 x 1,080 पिक्सल रिजोलुशनको साथमा ६.५ इञ्च AMOLED डिस्प्ले दिइएको छ । यो ओप्पो फोन एन्ड्रोइड १० बेस्ड ColorOS 7 मा चल्छ । यसमा इन्टिग्रेटेड Adreno 620 GPU को साथमा क्वालकम स्न्यापड्रागन७६५ जी प्रोसेस दिइएको छ । यसमा १२ जीवी ¥याम र २५६ जीवी स्टोरेज दिइएको छ ।

फोटोग्राफीको लागि यसमा क्वाँड रियर क्यामेरा सेटअप दिइएको छ । यसको प्राइमरी क्यामेरा ४८ मेगापिक्सल रहेको छ । त्यस्तै, यसमा १३ मेगापिक्सलको टेलिफोटो क्यामेरा, ८ मेगापिक्सलको वाइड एङ्गल क्यामेरा र २ मेगापिक्सलको डेप्थ क्यामेरा दिइएको छ ।

यसमा सेल्फीको लागि ३२ मेगापिक्सलको क्यामेरा दिइएको छ । त्यस्तै, यसमा 4,025mAh को व्याट्री दिइएको छ । VOOC फ्लैश चार्ज ४.० को सपोर्ट पनि दिइएको छ । यसमा इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर दिइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend