इन्स्टाग्राममा नयाँ फिचर्स आयो, ५० जनासम्मले भिडियो च्याट गर्न सकिने

काठमाडौं, ११ जेठ । अब इन्स्टाग्राममा पनि म्यासेन्जर रुम क्रिएट गर्न सकिने भएको छ, जहाँ आफ्नो साथीहरुलाई इन्भाइट गर्न सकिनेछ ।
फेसबुकले म्यासेन्जर रुम्सलाई भिडियो क्न्फ्रेनिसङ एप जूम ()सँग प्रतिस्पर्धा गर्नका लागि पछिल्लो समय पेश गरेको थियो ।

सोही समयमा म्यासेन्जर रुम्सलाई इन्स्टाग्राममा इन्टिग्रेट गर्न लागेको जानकारी गराएको थियो । अब म्यासेन्जर रुम्स इन्टिग्रेशनमार्फत् युजर्सले प्राइभेट भिडियो च्याट रुम्स क्रिएट गर्नसक्नेछन् ।
उक्त भिडियो च्याटमा ५० जनासम्मले सहभागिता जनाउन सकिनेछ । फेसबुक अकाउन्ट नभएका व्यक्तिहरु पनि उक्त च्याटमा जोडिन सक्ने जानकारी गराइएको छ ।
इन्स्टाग्रामले ट्वीटरमा जानकारी दिदै अब इन्स्टाग्राममा म्यासेन्जर रुम्स क्रिएट गर्न सकिने र जो कसैलाई जोइन गर्न इन्भाइट गर्न सकिने बताएको छ ।
अब इन्स्टाग्राम युजरहरुले नयाँ रुम बनाउन सक्नेछन् र आफ्नो साथीहरुलाई सजिल्यै इन्भाइट गर्नसक्ने भएको छन् । युजरले उक्त रुमलाई अरु कसैले जोइन नगरुन भन्नका लागि लक पनि गर्नसक्नेछन् ।
इन्स्टाग्रामले सेयर गरेको एक भिडियोमा नयाँ फिचर्सको लागि स्टेप देखाएको छ ।