सामसुङले ग्यालेक्सी ‘ए’ र ‘एम’ सिरिज सार्वजनिक गर्दै, यस्ता हुनेछन् फिचर्स र स्पेसिफिकेसन्स

काठमाडौं, १४ जेठ । मिड रेञ्जको स्मार्टफोन उत्पादन गर्ने कम्पनी सामसुङले चाँडैनै ग्यालेक्सी ‘ए’ र ‘एम’ सिरिजको आगामी भर्सनको स्मार्टफोनलाई भारतमा सार्वजनिक गर्ने भएको छ । कम्पनीले आगामी ४ जुनका दिन भारतमा ‘ए३१’ सार्वजनिक गर्ने भएको छ ।
यस स्मार्टफोन मिड रेञ्ज साइजमा उपलब्ध हुने जानकारी गराइएको छ । तर, यस अगाडि नै सामसुङले आफ्नो ‘एम’ सिरिजको दुई वटा नयाँ स्मार्टफोन भारतीय बजारमा सार्वजनिक गर्ने जनाएको छ । उक्त फोनहरु भारतीय बजारमा १५ हजार भारु भन्दा कम मूल्यका हुने जानकारी गराइएको छ ।

भारतमा सार्वजनिक भएसँगै उक्त स्मार्टफोनहरु नेपाली बजारमा पनि उपलब्ध हुनेछन् । सामसुङको ‘ए३१’ सिरिजको बारेमा भन्नुपर्दा, भारतीय बजारमा यस स्मार्टफोनको मूल्य २३ हजार भारु तोकिनेछ ।
उक्त स्मार्टफोनलाई सामसुङले पहिल्यै थाइल्याण्डमा सार्वजनिक गरिसकेको छ । यस अगाडि कम्पनीले ‘ए५१’ र ए७१’ सार्वजनिक गरिसकेको थियो । जसमध्ये ‘ए५१’ स्मार्टफोनलाई सबै प्रयोगकर्ताहरुले खुब रुचाएका थिए ।
चार वटा कलरमा उपलब्ध हुने
यस स्मार्टफोन चार वटा कलरमा उपलब्ध हुनेछ । सामसुङ ग्यालेक्सी ए३१ मा चार रियर क्यामेरा उपलब्ध छ । जहाँ मुख्य क्यामेरा ४८ मेगापिक्सलको हुनेछ । त्यस्तै, दोस्रो लेन्स ५ मेगापिक्सलको डेप्थ सेन्सर, तेस्रो ८ मेगापिक्सल र चौथो ६ मेगापिक्सलको माइक्रो लेन्स हुनेछ । फ्रन्ट क्यामेरा २० मेगापिक्सलको हुनेछ ।
ब्याट्रि
सामसुङले आफ्नो टिजरमार्फत यस स्मार्टफोनमा ६.४ सुपर एमोल्ड डिस्प्ले दिइने खुलासा गरेको छ । यस फोनमा ५०००एमएएचको व्यट्रि दिइनेछ । जसले १५ वाटको फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।
यस स्मार्टफोन मिडियाटेक अक्टाकोर प्रोसेसरबाट अपरेट हुनेछ । सामसुङले यस स्मार्टफोनलाई ४ जीवी प्लस ६४ जीवी, ६ जीवी प्लस ६४ जीवी र ६ जीवी प्लस १२८ जीवी भेरियन्टमा पेस गरेको छ ।