Logo २०८१ साउन ६ आइतबार
केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने

केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट मौसम क्रमिक सुधार हुँदै जाने


infotainment प्रकाशित मिति : सोमबार, जेष्ठ १९ २०७७

काठमाडौं, १९ जेठ । पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ । पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ । हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी र वाग्मती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ ।

दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मङ्गलबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।

बुधबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकामा १३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend