Logo २०८१ बैशाख ७ शुक्रबार
टाइगर श्रफले दिशा पटानीलाई दिए जन्मदिनको शुभकामना, सेयर गरे थ्रोव्याक भिडियो

टाइगर श्रफले दिशा पटानीलाई दिए जन्मदिनको शुभकामना, सेयर गरे थ्रोव्याक भिडियो


infotainment प्रकाशित मिति : शनिबार, जेष्ठ ३१ २०७७

काठमाडौं, ३१ जेठ । बलिउड अभिनेत्री दिशा पटानीले आज आफ्नो २८ औं जन्मदिन मनाइरहेकी छन् । अभिनेत्री दिशा पटानीलाई उनका व्वाईफ्रेण्ड तथा एक्शन अभिनेता टाइगर श्रफले पनि जन्मदिनको शुभकामना दिएका छन् ।

जहाँ अभिनेता टइगरले अभिनेत्री दिशाको एउटा थ्रो–व्याक भिडियो सेयर गर्दै क्याप्शनमा लेखेका छन्, ‘३ वाफल्स र ३ वटा प्यानकेक पछि पाउनेछौं । ह्याप्पी वर्थडे रकस्टार ।’

अभिनेता टाइगरले सेयर गरेका उक्त भिडियोमा अभिनेत्री दिशा अंग्रेजी गीतमा पर्फमेन्स गरिरहेकी छन् । अभिनेता टाइगरले उक्त भिडियो सेयर गरेको केही घण्टामै ४ लाख भन्दा बढीले हेरिसकेका छन् ।

टाइगरको उक्त पोष्टमा फ्यानहरुले रोमाञ्चक कमेन्टहरु गरिरहेका छन् । एक युजरले लेखेका छन्, ‘तिमीहरु दुवै बलिउडको फेवरेट कपल हौं ।’ अन्य लाखौं फ्यानहरुले पनि अभिनेत्री दिशा पटानीलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

लामो समयदेखि अभिनेता टाइगर श्रफ र दिशा पटानीले एक अर्कालाई डेट गरिरहेका छन् । तर, उनीहरुले कहिल्यै पनि आफ्नो प्रेम सम्बन्धलाई आधिकारिक रुपमा घोषणा भने गरेका छैनन् । यो जोडी कयौं पटक सिल्भर स्क्रिनमा सँगै देखिइसकेका छन् । रियल लाइफमा पनि यो जोडी सँग–सँगै देखिदै आएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend