Logo २०८१ बैशाख ६ बिहिबार
महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि

महानायक अमिताभ बच्चनलाई कोरोना संक्रमण पुष्टि


infotainment प्रकाशित मिति : आइतबार, असार २८ २०७७

काठमाडौं, २८ असार । भारतीय सिनेमा जगतको उच्च प्रतिष्ठा स्थापित गर्दै विश्व सिनेमा जगतमा चर्चित व्यक्तित्व अमिताभ बच्चन र उनका छोरासमेत रहेका कलाकार अभिषेक बच्चनलाई कोरोना सङ्क्रमण पुष्टि भएको भारतीय अधिकारीहरूले पुष्टि गरेका छन् ।

उनीहरू दुबैजनाले आफूलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छुट्टा–छुट्टै ट्वीटमार्फत पनि शनिबार जानकारी गराएका थिए ।

उनीहरू नानावती अस्पतालको आइसोलेसन वार्डमा भर्ना भई उपचार सेवा सुरू गरिसकेका सन्देशमा उल्लेख छ । उनीहरूलाई सङ्क्रमणको ‘हल्का लक्षण’हरू देखिएको बताइएको छ ।

संघीय सरकारका स्वास्थ्यमन्त्री हर्षवर्धनले पनि बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको पुष्टि गर्दै भने, “७७–वर्षीय अमिताब र छोरा अभिषेकलाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको र दुबै जनालाई अस्पताल भर्ना गरिएको साथै उनीहरूको परिवारका अन्य सदस्य तथा कर्मचारीहरूको परीक्षणका लागि नमूना पठाइएको छ भने उनीहरूको नतिजा आइसकेको छैन ।”

भारतको बढी प्रभावितमध्ये एक राज्य महाराष्ट्रको मुम्बईमा शनिबारसम्म कूल ९१ हजार ४५७ व्यक्ति कोभिड–१९ सङ्क्रमित भएकोमा अझै २२ हजार ७७९ व्यक्तिले विभिन्न स्थानमा उपचार सेवा लिइरहेका छन् भने आइतबारसम्म पाँच हजार २४१ व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बच्चनद्वय कोभिड–१९ सङ्क्रमित भएको भारतीय सञ्चारमाध्यममा सार्वजनिक भएसँगै फेसबुक र ट्वीटरलागयतका सामाजिक सञ्जालहरूमा उनीहरूको स्वास्थ्यलाभको कामनाका सन्देशहरूले भरिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend