Logo २०८१ जेष्ठ ६ आइतबार
कंगनाको निशानामा आलिया, भनिन्–‘अवार्ड लिन लाज लागेन ?’

कंगनाको निशानामा आलिया, भनिन्–‘अवार्ड लिन लाज लागेन ?’


infotainment प्रकाशित मिति : सोमबार, साउन ५ २०७७

मुम्बई, ५ साउन । दिवंगत अभिनेता सुशान्तसिंह राजपुतले आत्मह’त्या गरेसँगै अभिनेत्री एवं निर्देशक कंगना रनौतले बलिउड माफिया र इन्डष्ट्रीसँग जोडिएका ठूल्ठूला खुलासा गर्दै आएकी छन् ।

अभिनेत्री कंगनाले केही चर्चित हस्तीहरुको नाम लिदै अभिनेता सुशान्तसिंह राजपुतको मृत्युको जिम्मेदार ठहराएकी छन् ।

भर्खरै पनि एक अन्तर्वार्ताको क्रममा अभिनेत्री कंगनाले अभिनेता सिुशान्तसिंह राजपुतको मृत्युबारे बाल्दै बलिउडका चर्चित हस्तीहरु र बाहिरको मान्छेहरुको रवैयाबारे सत्यताको उजागर गरेकी छन् ।

कंगनाले भनेकी छन्, ‘उनीहरुलाई यो देखेर डर लागिरहरेको होला कि मलाई आईफा, लण्डनमा कसरी अपमानित गरेका थिए ? जबकि बलिउडको नेपोटिज्म ¥याकेट जनतामाझ आइसकेको छ । तर, पनि यस विषयमा कोही पनि रोकिएका छैनन्, अवार्ड समारोहमा एक–अर्काको ढाडमा थपथपाउनका लागि कति ठूलो घोटला गर्छन् ?’

https://youtu.be/i83NdCz7PkM

त्यस्तै, अभिनेत्री कंगनाले बिना कुनै आधारको नामांकन र चयनको अनुचित व्यवहारको बारेमा पनि चर्चा गरेकी छन् । उनले ‘‘गली ब्वाय’मा १० मिनेटको रोलको लागि मेन लिड अवार्ड स्वीकार्नु आलियालाई लाज लागेन ?’ भन्दै प्रश्न समेत गरेकी छन् ।

त्यस्तै, आफ्नो फिल्म ‘क्वीन’को उत्कृष्ट प्रदर्शन हुँदा हुँदै पनि ‘ह्याप्पी न्यू इयर’बाट अभिनेत्री दीपिका पादुकोणलाई अवार्ड दिइएको प्रति पनि उनले आपत्ती जनाएकी छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend