Logo २०८१ साउन ६ आइतबार
अभिनेता समीर शर्माको आफ्नै घरमा शव भेटियो, आत्महत्या गरेको पुलिसको आशंका

अभिनेता समीर शर्माको आफ्नै घरमा शव भेटियो, आत्महत्या गरेको पुलिसको आशंका


infotainment प्रकाशित मिति : मंगलबार, भाद्र १६ २०७७

काठमाडौं, १६ भदौ । भारतीय टीभी अभिनेता समीर शर्माको मुम्बईको मलाडस्थित आफ्नै घरमा शव भेटिएको छ । प्रहरीले अभिनेता समीरले आत्महत्या गरेको आशंका गरेको छ ।

४४ वर्षीय अभिनेता समीरले ‘क्याँकी सास भी कभी बहु थी’, ‘कहानी घर–घर की’ र ‘ये रिश्ते है प्यार के’लगायतका टीभी सिरियल्समा काम गरिसकेका छन् ।

एक पुलिस अधिकारीका अनुसार गत बुधबार राति नै समीरको आफ्नै फ्ल्याटमा शव भेटिएको हो । मलाड पुलिस स्टेशनका सिनियर इन्स्पेक्टर जर्ज फर्नान्डिजले भने, ‘यहाँबाट उनको कुनै पनि सुसाइड नोट भेटिएन । उनले दुई दिन पहिल्यै आत्महत्या गरेका शंका गरिएको छ ।’

उक्त विल्डिङको वाचम्यानले किचनको प्वाँलबाट शव देखेपछि अभिनेता समीरको मृत्यु भएको हल्ला चलेको हो । त्यसपछि उक्त वाचम्यानले सोसाइटीका सबैलाई एलर्ट गरेका थिए ।

त्यसपछि उनीहरुले पुलिसलाई खबर गरेका थिए । त्यसपछि समीरलाई तत्काल अस्पताल लगिएको थियो, तर अस्पतालले मृत घोषणा गरेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend