Logo २०८० चैत्र १६ शुक्रबार
हर्ट अट्याकका कारण सुपरस्टार पुनीथ राजकुमारको निधन

हर्ट अट्याकका कारण सुपरस्टार पुनीथ राजकुमारको निधन


infotainment प्रकाशित मिति : शुक्रबार, कार्तिक १२ २०७८

काठमाडौं । हर्ट अट्याकका कारण साउथका सुपरस्टार पुनीथ राजकुमारको निधन भएको छ । शुक्रबार (आज) विक्रम अस्पतालमा सुपरस्टार पुनीथको ४६ वर्षको उमेरमा निधन भएको हो ।

शुक्रबार हर्ट अट्याक आएपछि सुपरस्टार पुनीथलाई विक्रम अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । रिपोर्टसमा भनिए अनुसार अभनेता पुनीथलाई जिममा वर्कआउट गरिरहेको अवस्थामा हर्ट अट्याक आएको थियो ।

अस्पताल भर्ना गर्ने वित्तिकै डाक्टरहरुले अभिनेता पुनीथको अवस्था गम्भीर रहेको र सक्दो बचाउने प्रयास गर्ने बताएका थिए । तर, भर्ना गरिएको केही समयपछि विक्रम अस्पतालले ४६ वर्षीय अभनेता पुनीथको मृत्यु भएको अफिसियल बयान सार्वजनिक गरेको हो ।

अभिनेता पुनीथको निधनप्रति साउथ उद्योगदेखि बलिउड उद्योगका कलाकारहरुले शोक ब्यक्त गरिरहेका छन् । सुपरस्टार महेश बाबु, आर माधवन, सोनु सूद, कुब्रा सैत, लक्ष्मी मंचु, अशोक पण्डित, राम गोपाल वर्मालगायतले अभिनेता पुनीथको निधनप्रति दुःख ब्यक्त गरेका छन् ।

पुनीथले साउथको कयौं हिट फिल्म दिएका थिए । उनले आफ्नो करियरको सुरुवात चाइल्ड आर्टिस्टको रुपमा गरेका थिए । त्यसपछि सन् १९८५ मा फिल्म ‘बेट्टाडा होवु’मा काम गरे । सो फिल्मबाट उनले कयौं अवार्डहरु पनि हात पारेका थिए । साथै उनलाई नेशनल अवार्डबाट पनि सम्मान गरिएको थियो ।

पछिल्लो समय उनी फिल्म ‘सुवारत्थना’मा देखिएका थिए । यसै वर्ष रिलिज भएको सो फिल्ममा उनको क्यारेक्टरलाई दर्शकहरुले निकै रुचाएका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार
ट्रेन्डिङ
चर्चित
ताजा अपडेट

हाम्रो बारेमा

इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भइसकेको छ ।

हाम्रो टिम

अध्यक्ष : भलकाजी राई
संस्थापक सम्पादक : गेल्जेन शेर्पा
सम्पादक : एस. थुलुङ
फोटो पत्रकार : लोक बहादुर राई
बजार प्रतिनिधि : चर्ण कुमारी राई
संवाददाता :
-इन्द्र कुमारी राई
-सुमन राई
आईटी: प्रकाशचन्द्र जाेशी

सम्पर्क

ठेगाना : कपन, काठमाडौं
Email : infotainmentnepal1122@gmail.com
Phone: 9851135525
Mobile : 9843746072, 9851057920
9843591809
सूचना विभाग दर्ता नम्बर : २९६८/ २०७८/७९

सामाजिक सञ्जाल

All right reserved by- Solu sarokar Media Pvt. ltd.  |  Site by : SobizTrend